विभिन्न मुद्धाका १० जना फरार प्रतिवादी पक्राउ

0
11

विराटनगर।

फरार प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत झापा, मोरङ, खोटाङ र सोलुखुम्बु जिल्लाबाट विभिन्न मुद्धाका १० जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्मानित जिल्ला अदालतहरुबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका सम्बन्ध बिच्छेद मुद्धामा तीन जना, गालि बेज्जति मुद्धाका एक जना, वन मुद्धामा दुई जना, बहु बिवाह मुद्दामा एक जना, चोरी मुद्दामा एक जना र चलन हटक मुद्धाका दुई जना फरार प्रतिबादिहरुलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई तोकिएको जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here