लागूऔषधसहित चार जना पक्राउ

0
6

बिराटनगर।

धनकुटा, मोरङ र उदयपुर जिल्लाको छुट्टा–छुट्टै स्थानबाट लागूऔषध गाँजा र ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौक स्थित ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जादै गरेको को ३० प ४५१५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा चालक धनकुटा– १ हिलेका २२ बर्षीय तिलक राना मगरको साथबाट लागूऔषध गाँजा एक केजी फेला पारेसगै उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–३ मा लागूऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले ५३ बर्षीय बलबहादुर कार्कीलाई एक केजी ६५० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

यता बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटस्थित लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को ४० प २४३ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा उक्त स्कुटरमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ५२ मिलिग्राम ब्राउन सुगर फेला पारी स्कुटर चालक धरान–८ का २७ बर्षीय सचिन प्रधान र पछाडी सवार षडानन्द नगरपालिका–२ भोजपुरकी २३ बर्षीया प्रतिमा राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here