युएईमा सामाजिक काममा सक्रिय माईका अमरराज

0
6

बिर्तामोड।

इलामको माई नगरपालिका– ५का अमरराज राई युएई बस्छन् । बैदेशिक रोजगारीको सिलसिलामा उनी युएई पुगेका हुन् । नेपाल छँदा सामाजिक कार्यमा सक्रिय उनी प्रवासी भूमिमा समेत सामाजिक कर्ममा सक्रिय छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवासी नेपाली सम्पर्क विभाग युएईको उपप्रमुख समेत रहेका उनले झापाली समाज युएईको अध्यक्ष लगायत विभिन्न सामाजिक संस्थाको जिम्मेवारी लिएर थुप्रै सामाजिक काम गरिसकेका छन् ।

सञ्चार क्षेत्रलाई नजिकबाट चिनेका उनी नेपालमा छँदा उद्घोषण कर्ममा समेत सक्रिय थिए । एमबीएस गरेका राई धन कमाउनकै लागि विदेश होमिए । तर, विदेश पुगे पनि राईले सानैबाट आफूले रोजेको सामाजिक कर्मलाई बिर्सन सकेनन् । फलस्वरुप उनी विदेशमा रहे पनि त्यहाँ आपत बिपतमा परेका नेपाली र आफ्नो गाउँघरमा दीन दुःखीको सँधै सेवा गर्न पछि हटेनन् ।

मूलतः उनी यूएईमा रहेका नेपाली श्रमिकहरुले भोग्नुपरेको समस्याहरुलाई समाधान गर्न प्राथमिकताका साथ लागीपर्छन् । प्रवासमा समस्यामा परेका धेरै नेपालीहरुको उद्धार र सहयोग गरिसकेका उनले पछिल्लो समय यूएईबाट हुण्डीको कारोबार बन्द गरौं भन्ने अभियान नै चलाएका छन् ।

गैरआवसीय नेपाली संघ एनआरएनए दुवईका पूर्वउपाध्यक्ष समेत रहेका उनले विदेशमा घरेलु कामका लागि आएका महिलाहरुका समस्या प्राथमिकतामा राखी समाधान गरिनुपर्ने , भारतको बाटो भएर अन्य मुलुक जाँदा एनओसीको व्यवस्था हटाइनुपर्ने, खाडीमा श्रमगर्ने श्रमिकहरुलाई नेपालको बिमानस्थलमा स–सम्मान व्यवहार गर्नुपर्ने, भिजिट भिसा बन्द होइन व्यवस्थापन गर्नुपर्ने लगायतका सरकारसंग माग अघि सारेका छन् ।

त्यस्तै अनलाइन श्रम र सामाजिक सुरक्षा कोषलाई सहज र सरल बनाउनुपर्ने, दुबईमा ९० प्रतिशत क्यास हुने हुँदा नेपाली काउन्सिलर अफिस दुबईमा खोलिनुपर्ने, संस्था र सर्वसाधारण सबैलाई दूतावासले सजिलै र तत्काल सेवा दिनुपर्ने, दूतावासले गर्नुपर्ने ५० प्रतिशत काम सामाजिक संस्थाहरुले गरिरहेकाले सबै सामाजिकलाई संघ संस्थालाई सम्मानजनक व्यवहार गरिनुपर्ने माग अघि सारेका छन् । उनले प्रतिनिधिसभा सदस्य सोविता गौतम, राजेन्द्र लिङ्देनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । योसँगै उनको चर्चा प्रवासमा चुलिएको हो ।

त्यसो त उनी अध्यक्ष भएको झापाली समाजले दीर्घकालीन छात्रवृत्ति अन्तर्गत हालै झापाका १५ वटा पालिकाका १६ जना जेहेन्दार तथा गरीव विद्यार्थीहरुलाई कक्षा १देखि १० सम्म आवश्यक पर्ने सबै खाले शैक्षिक सामग्रीको व्यवस्थापन मिलाएका थिए । सामाजिक क्षेत्रमा क्रियाशील उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्व लिएसँगै युवाको सबै भरोसा बन्ने उद्घोष गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here