छोराको स्मृतिमा पूर्वशिक्षक कार्की दम्पतीद्वारा पाँच लाखको अक्षयकोष स्थापना

0
23

विमल दहाल,इलाम ।

इलामको माई नगरपालिका–२ निवासी सेवानिवृत्त शिक्षक दम्पती घनेन्द्र कार्की र राधिका कार्कीले आफ्नो स्वर्गीय छोरा इन्जिनियर सुवर्ण कार्कीको स्मृतिमा पाँच लाखको अक्षयकोषको स्थापना गर्नु भएको छ।

कन्काई माध्यामिक विधालय माई नगरपालिका–२ को ६३ औं बार्षिक समारोहको अवसरमा कार्की दम्पतीले कक्षा ८,१० र ११का उत्कृष्ट छात्र छात्रालाई बार्षिक नगद सम्मान गर्ने बरिष्ठ इन्जिनियर स्वर्गीय सुवर्ण कार्की स्मृति अक्षयकोष स्थापना गर्नु भएको हो। कार्की दम्पतीले उक्त रकमको चेक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विष्णुमाया आचार्य र प्रधानाध्यापक हरिप्रसाद पौड्याललाई कार्यक्रमका वीच प्रदान गर्नु भएको छ।

स्वर्गीय सुवर्ण कार्की माध्यामिक शिक्षा सोही स्कुलमा उत्कृष्ट रहदै अध्ययनरत रहनु भएको थियो भने पछिल्लो समय इन्जिनियरको सेवामा रहदा रहदै व्रेन ट्युमर भई २०७६ मा स्वर्गारोहण हुनु भएको थियो।

यता कन्काई माबिमा पूर्व प्रधानाध्यापक पदमबहादुर घिमिरेले आफ्ना बुवाआमाको नाममा खडा गरिएको एक लाख ५० हजारकोको ब्याजबाट कक्षा–११ र १२ का दुई जना उत्कृष्ट बिधार्थीलाई सम्मान गरिएको छ। त्यस्तै समाजसेवी कृष्ण खाकीले आफ्ना बुवा आमाको नाममा स्थापना गरेको १ लाख बराबरको अक्षयकोषबाट कक्षा(११ र १२ मा अध्ययनरत बुवाआमा विहिन दुई जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान गरिएको छ।

सोहि बिद्यालयका पुर्व शिक्षक मित्र प्रसाद गौतम र उर्वशी पराजुली गौतमले आ(आफ्ना बुवा आमाको स्मृतिमा आफ्ना छोरी समेतको संलग्नतामा सोही विद्यालयमा २५ बर्ष भन्दा बढी सेवा निवृत हुने वा सरुवा भई जाने शिक्षक कर्मचारीहरुलाई सम्मान गर्ने गरी एक लाख ५१ हजार एक सय एक रुपैयाँको अक्षयकोष खडा गर्नु भएको छ । कार्यक्रममा शिक्षक प्रशंसा पत्रवाट शिक्षकहरु विकास राई र विष्णुमणी श्रेष्ठ तथा उत्कृष्ट छात्र छात्रालाई छात्रबृत्ति सम्मानित गरिएको थियो। सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको बार्षिकोत्सव कार्यक्रममा ठुलो संख्यामा अभिभावकहरुको सहभागिता रहेको थियो।

बिक्रम सम्बत २०१७ सालमा स्थापना भएको कन्काई माबि २०८० सालमा आईपुग्दा प्राविधिक धार अन्तरगत कक्षा ९ बाट कम्युटर ईन्जिनियरिङ विषयमा पठनपाठन शुरु भएको छ। कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौड्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्युटर इन्जिनियरिङलाई हरेक वर्ष कक्षा थप गर्दै कक्षा–१२ सम्म सन्चालन गर्ने जानकारी दिनुभयो।

बार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक पौड्यालले आर्थिक वर्ष २०७९–०८० मा नेपाल सरकारका बिभिन्न निकायबाट ससर्त अनुदान एक करोड ६४ लाख ४२ हजार ६ सय १२ रुपैयाँ,अभिभावकहरुवाट सहयोग ३७ लाख १५ हजार १ सय १५ रुपैयाँ र ब्याजबाट ३ लाख ९ हजार १ सय ८० रुपैयाँ गरि २ करोड ४ लाख ७६ हजार ९ सय ७ रुपैयाँ आम्दानी रहेको जानकारी दिनुभयो।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विष्णुमाया आचार्यको अध्यक्षता, माई नगरपालिका सामाजिक विकास समिति संयोजक अर्जुन राईको प्रमुख आथित्य, शिक्षक खेम लिम्बूको स्वागत र शिक्षक टेकनाथ न्यौपानेको सन्चालनमा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा पुर्व विधालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु घिमिरे, नेपाली काँग्रेसका दिवाकर सिंह, नेकपा एमालेका धन बहादुर आङदेम्बे, माओबादी केन्द्रका हरि चौम्लागाई, अक्षयकोषदाता घनेन्द्र कार्की, मित्र प्रसाद गौतम, शिक्षक किरण सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here