इटहरीमा बर्न अस्पताल निर्माणको सम्झौता

0
10
मोरङ,
कोशी प्रदेशको इटहरीमा बर्न अस्पताल निर्माण हुने भएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालय र काठमाडौँको जनस्वास्थ्य सरोकार ट्रष्टबीच इटहरी उपमहानगरपालिका–८  भवानी टोलमा एक सय शय्याको बर्न अस्पताल निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री केदार कार्की र ट्रष्टका प्रमुख डा गौरी प्रधानले हस्ताक्षर गर्नुभयो ।
दुई बिघा १० कठ्ठा जग्गामा रु ४० करोडको लागतमा अस्पताल निर्माणमा हुन लागेको हो ।
आगामी तीन वर्षमा अस्पताल सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण शीघ्र थालिने मुख्यमन्त्री कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here