माई मेलाको तयारी शुरु

0
18

माइधार ।

माघ १ गते लाग्ने माई मेलाको तयारी कन्काई नदी किनारमा शुरु भएको छ । वर्षेनि उक्त स्थानमा मेला लाग्ने गरेको छ ।
शिवसताक्षी–१० को माइधारमा यसपटक पनि मेला लाग्ने भएको हो । आधा शताब्दी अघिदेखि लाग्दै आएको छ । यो मेला धार्मिक मेला भएकाले स्वतःस्फूर्त रुपमा धार्मिक अनुष्ठान गर्न र माघे सङ्क्रान्तिका दिन मकर नुहाउन मानिसहरुको भेला हुने गर्दछ ।

तीन दशकअघि नेपालकै ठूलो मेलाको रुपमा स्थापित माई मेला हप्तौं दिनसम्म लाग्ने गरेको थियो । माघे सङ्क्रान्तिमा मकर नुहाएर धार्मिक अनुष्ठान गरिने पर्व तथा मेला भएकोले पनि यसको महत्व धेरै रहेको छ । यस वर्ष समय अनुकूल भएकाले शिवसताक्षी नगरपालिका–१० को माइधारमा हर्षोल्लासका साथ मेला लाग्ने वडाध्यक्ष हर्कबहादुर सिगुले बताए ।
मेलामा आवश्यक भौतिक संरचना धमाधम निर्माण भइरहेको छ । पुस २९ गते मेलाको उद्घाटन भई माघ २ गतेसम्म लाग्ने मेलालाई कान्तिहाङमा सेलिङको फर्मबाट औपचारिक रुपमा ठेक्का लागेको छ । मेला ठेकेदार दिलीप नेम्बाङका अनुसार अन्य वर्षहरु भन्दा व्यवस्थित र ठूलो मेला लाग्नेछ ।

कन्काई माई धार्मिक मकर माई मेलालाई व्यवस्थापन गर्न ठेकादार कम्पनीका ठेकेदारहरुले मेलालाई झकिझकाउ बनाउन विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सकर्स, बुगीबुगी डान्स, सरकारले मान्यता दिएको आधिकारिक खेलवाडहरु, चिल्ड्रेन खेलहरु मेला लाग्ने स्थानमा आएर निर्माण गर्न थालिएको ठेकादार कम्पनीले बताएको छ ।

माई मेलामा शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन यो औपचारिकताले ठूलो मद्दत पु¥याउने नगरपालिकाको ठम्याई रहेको छ । विगतमा कन्काई माईको पुलमा मानव भीडका कारण ठूलो समस्या आउने गरेको थियो । त्यसलाई मध्यनजर गर्दै माई नदीमा वारिपारि गर्ने वैकल्पिक पुलको निर्माण भइरहेको छ । माई मेलाको भीडलाई व्यवस्थापन गर्न नसक्दा यातायात नै अवरुद्ध भई समस्या आउने गरेकोले उक्त समस्या समाधान गर्न वैकल्पिक उपाय अपनाइएको बताइएको छ ।

नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भुटान, भारतको सिक्किम, असम, मनिपुर, दार्जिलिङ, शिलगढी लगायतका स्थानबाट भक्तजनहरु आउने गरेका छन् । माई पारी माईधार तथा नदीको तट आसपासमा मेला लाग्ने गरेको छ भने कन्काई नगरपालिकाको कोटीहोम परिसरमा धुमधामले मेला लाग्ने गरेको छ ।

शिवसताक्षी तथा कनकाई दुबै नगरपालिकाले मेलालाई व्यवस्थापन गर्न ठेक्का आह्वान गरेका थिए । माई मेलालाई महत्वका साथ स्थानीय संघ–संस्थाहरुले पनि हेर्ने गरेका छन् । किरात धर्म तथा साहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मी योङहाङले मेलालाई व्यवस्थित गर्न आफूहरुले पनि सहयोग गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here