झापा जिल्ला सहकारीको २७औं सभा

0
13

बिर्तामोड ।

झापा जिल्ला सहकारी संघले विभिन्न बिधामा ११ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ ।

संस्थाको २७औं बार्षिक साधारणसभाका अवसरमा बुधवार बिर्तामोडमा उनीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको हो । संस्थाले २०७९ चैत २० गते ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा घोषणा गरिएका विधाका पुरस्कार तथा सम्मान बितरण गरेको हो ।

सम्मान तथा पुरस्कृत हुनेमा झापाली सहकारी सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल छन् । उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ ।

पूर्वसञ्चालक सम्मानबाट देवीप्रसाद दाहाल, उत्कृष्ट सञ्चारकर्मीका रुपमा पत्रकार गोविन्दचन्द क्षेत्री, उत्कृष्ट कृषि सहकारीका रुपमा बुद्धशान्तिको होक्से कृषि सहकारी, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा मेचीनगरको मेची कृषक बहुमुखी सहकारी, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा मेचीनगरकै पूर्वीद्धार साकोस, उत्कृष्ट बचत कारोवारका रुपमा कमलको नवोदय बहुउद्देश्यीय, उत्कृष्ट कर्जा कारोवारका रुपमा हल्दिबारीको हाम्रो गोलधाप कृषि सहकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मानित व्यक्ति तथा संस्थालाई जनही १० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट ब्यवस्थापक महिलातर्फ दमकको नवदुर्गा बहुउद्देश्यीय सहकारीकी धनकुमारी पौडेल र पुरुषतर्फ गौरदहको शुभलक्ष्मी बहुउद्देश्यीय सहकारीका तिलक कार्कीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको छ । उत्कृष्ट पालिका समन्वय समितिका रुपमा गौरीगञ्ज पालिका सहकारी समन्वय समितिलाई सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

आर्थिक बर्ष २०७९÷०८० सम्ममा ४९२ संघ–संस्था आवद्ध रहेको संस्थाको शेयरपुँजी ३ करोड ८९ लाख २३ हजार १०० रुपैयाँ रहेको अध्यक्ष ढकालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाको भद्रपुरमा ३ कठ्ठा १८ धुर र बिर्तामोडमा १ बिगाहा ४ कठ्ठा १.७५ धुर जग्गा करिव ७ करोड ५० रुपैयाँ मूल्य बराबरको रहेको प्रतिवेदनमा छ । संस्थाको कोष हिसाब ७ करोड ८५ लाख ९८ हजार ७४१ रुपैयाँ ६५ पैसा, निक्षेप १९ करोड ९१ लाख ७८ हजार २३० रुपैयाँ ६१ पैसा र कर्जा लगानी १८ करोड ४५ लाख ८१ हजार १५५ रुपैयाँ ६२ पैसा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here