महेन्द्ररत्नको ६६औं बार्षिकोत्सव

0
10

बिर्तामोड ।

महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्तामोड–३ले ६६औं वार्षिकोत्सवका अवसरमा ३० जनाभन्दा बढीलाई सम्मान गरेको छ ।

उत्कृष्ट शिक्षक, दीर्घसेवी शिक्षक, पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष र भूतपूर्व विद्यार्थीलाई विद्यालयले सम्मान गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिएको थियो ।

उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुनेहरुमा बालविकासतर्फ छत्रकुमारी कार्की, प्राथमिक तहतर्फ गीतादेवी भट्टराई र डिल्लीराज निरौला, निम्न माध्यमिक तहतर्फ रामचन्द्र सिटौला र माध्यमिक तहतर्फ इन्दिरा वस्ती रहेका छन् । त्यस्तै दीर्घसेवा सम्मानबाट ६ जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेल, पुष्प पौडेल, तुलसा सिटौला, विजय उप्रेती, नेत्र खरेल र चन्द्र प्रसाई रहेका छन् ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा सदस्यहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा लोकबन्धु कन्दङ्वा, निरा प्रधान, ठगबहादुर खड्का, रामनारायण चौधरी रहेका छन् । त्यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु स्व. लक्ष्मण खड्का र स्व. पर्शुराम सिटौलालाई मरणोपरान्त सम्मान गरिएको छ ।

त्यस्तै पूर्वप्रधानाध्यापकहरु देवेन्द्रकुमार गौतम, मोहनप्रसाद ओली र मनबहादुर पाहिम तथा अवकाश प्राप्त शिक्षकहरु दिलकुमार मुखिया, विजय ओली, कृष्णप्रसाद तिम्सिना र रवीन शर्मालाई पनि सम्मान गरिएको छ ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री कार्की, विशिष्ट अतिथि प्रदेशका पूर्वमन्त्री तथा सांसद भक्तिप्रसाद सिटौला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद सेढाईलगायतले दोसल्ला, सम्मानपत्र र फूलमालाले सम्मान गरेका थिए । सोही अवसरमा १० लाखको स्व. सुरेश पाठक स्मृति अक्षय कोषको घोषणा गरिएको छ ।

स्व. सुरेश पाठकको सम्झनामा उनको परिवारका तर्फबाट कुलभूषण पाठक र सीता पाठकले सो अक्षयकोषको घोषणा गरेका हुन् । प्रधानाध्यापक खड्गप्रसाद खरेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्की, विशिष्ट अतिथि पूर्वमन्त्री सिटौला, बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा विकास समन्वय इकाई झापाका प्रमुख राजकुमार विक, सम्मानित व्यक्तित्व लोकबन्धु कन्दङ्वालगायतले मन्तव्य राखेका थिए । सहायक प्रधानाध्यापक केशव प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षकहरु तुलसी खरेल र भोजराज दाहालले गरेका थिए ।

वार्षिकोत्सवकै अवसरमा नगरस्तरीय महेन्द्ररत्न ताराको सिजन–२का विजेताहरुलाई पुरस्कृत गरिएको छ । बुधवार सम्पन्न त्यस गायन प्रतियोगितामा देवी माविका अभिशेख कटुवाल प्रथम, साङ्गवेद माविका अमित अधिकारी दोस्रो र मोहनमाया माविका विशेषता अधिकारी तेस्रो भएका थिए । उनीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्रदान गरिएको छ ।

समाजवादी चिन्तक भरतबाबु (सीके प्रसाई) ले यस विद्यालयको भवन निर्माण गरी महेन्द्ररत्न मल्टी पर्पस मिडिल स्कूलको स्थापना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here