गोमेन्द्र कलेजद्वारा राष्ट्रनिर्माताको सम्झना, विद्यार्थीलाई स्वागत

0
11

बिर्तामोड ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा झापाको बिर्तामोडस्थित गोमेन्द्र कलेजले विभिन्न कार्यक्रम गरी मनाएको छ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै स्नाकोत्तर तह एमबीए र एमसीएका विद्यार्थीलाई स्वागत गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायणको योग्दानलाई सबैमाझ पु¥याउन गोमेन्द्र बहुमुखी महाविद्यालयका स्नातक तह बीबीए र बीसीएका विद्यार्थीले कार्यक्रमको आयोजना गरेका हुन् ।

संस्थाका प्राार्चाय डा. रुपक खनालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष तथा संस्थापक गणेशप्रसाद खनालको प्रमुख आतिथ्य रहेको थियो । संस्थापिका बधु खानलको विशेष आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई स्वाग गरिएको थियो ।

कार्यक्रममा अध्यापक तर्फ बीबीएका को–अडिनेटर शेखर पाण्डे, एमबीए तथा बिसिएका को–अडिनेटर बिमल राजवंशी तथा विद्यार्थीका तर्फबाट बीबीए चौथो सेमिस्टारमा अध्ययनरत सभ्या गिरीले स्वागत गरेकी थिइन् । नवआगन्तुक विद्यार्थीका तर्फबाट बीबीए प्रथम सेमिस्टारका सुमित ठाकुरले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी खनालले शिक्षाको उज्याालो बिना पुरै जीवन अन्धकार हुने भएकाले शिक्षा लिने विषायमा सबैले ध्यान दिनुपर्ने विचार ब्यक्त गरे । कार्यक्रमका सभापति एवम् प्रार्चाय डा. खनालले शिक्षा नै ब्यक्तित्व विकारको आधार भएको उल्लेख गरे । कार्यक्रमको सञ्चालन बीबीएका को–अडिनेटर पाण्डेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here