सगरमाथा यातायात प्रालिको अध्यक्षमा नवीन कोइराला सर्वसम्मत

0
20

बिर्तामोड ।

सगरमाथा यातायात प्रालिको अध्यक्षमा नवीन कोइराला सर्वसम्मत चयन भएका छन् ।

तीन वर्षे कार्यकालका लागि कोइराला सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । लामो समयदेखि सगरमाथा यातायात प्रालिद्वारा सञ्चालित बसहरुले झापाको काँकरभिट्टादेखि विराटनगर तथा धरानसम्म सेवा दिँदै आइरहेका छन् ।

शनिबार सम्पन्न प्रालिको साधारणसभाबाट सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको हो । मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष समेत रहेका कोइरालाले पूर्वमा थप सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने बताए ।

अध्यक्षमा निर्वाचित भएसँगै पूर्वाञ्चलसँग कुरा गर्दै अध्यक्ष कोइरालाले भने– ‘विराटनगर र धरानसँगै अन्य लामो रुटमा समेत सेवा सञ्चालन गर्छौं । विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई विशेष छुटसहित सेवा प्रवाह गर्नेछौं ।’

सरकारको ९५ प्रतिशत भन्सार छुटमा ल्याइएका सगरमाथा प्रालिद्वारा सञ्चालित ३० वटा बसहरु सञ्चालनमा रहेको जनाइएको छ । निवर्तमान अध्यक्ष मेदनीप्रसाद खरेलको अध्यक्षतामा भएको साधारणसभापछि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको बताइएको छ ।

नवगठित सञ्चालक समितिको सदस्यहरुमा प्रविन थापा, कमल थापा क्षेत्री, दिपक पाण्डे, श्याम थापा, बद्रीप्रसाद उप्रेती, विनोद सुवेदी, हरिप्रसाद मैनाली र टिकाराज दहाल सर्वसम्मतरुपमा चयन भएको निर्वाचन समितिका संयोजक प्रेमप्रसाद विमलीले जानकारी दिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख विमल आचार्य, संस्थाका निवर्तमान अध्यक्ष मेदनीप्रसाद खरेल, संस्थापक अध्यक्ष खगेन्द्र उप्रेती, प्रबन्ध निर्देशक प्रविन थापा लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here