अर्जुनधारामा तमु समाजको शुभकामना आदानप्रदान कार्यक्रम

0
10

अर्जुनधारा ।

तमु ल्होसार पर्वको अवसरमा झापाको अर्जुनधारा–६ मातामन्दिरस्थित तमु समाजको आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय सीके चिन्तन प्रतिष्ठानको सभाहलमा समाजका अध्यक्ष मोहनकुमार गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य आनन्द गुरुङले उद्घाटन गरेका थिए ।

कार्यक्रममा शुभकामना आदानप्रदानसँगै कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत एवम् विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा समाजकी उपाध्यक्ष विलाचन गुरुङ, ज्येष्ठ नागरिक सुकमाया गुरुङ र समाजको आयोजनाता गत तिहारमा सम्पन्न भएको देउसी भैलो एवम् सांस्कृतिक कार्यक्रमका सहभागी कलाकारहरु रहेका छन् ।

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् झापाका उपसचिव भागीमान गुरुङले तमु ल्होसार पर्वको औचित्य बारे जानकारी गराएको कार्यक्रममा मेची आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जलकुमार गुरुङ, सिटौला सेवा समाजका केन्द्रीय सदस्य चक्र सिटौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तमु प्ये ल्हु संघ झापाका कोषाध्यक्ष नरकुमार गुरुङले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिला गुरुङले गरेकी थिइन् । यस वर्ष बिरालो वर्गलाई विदा गरि गरुड वर्गलाई स्वागत गरेको तमु ल्होसार पर्वलाई गुरुङ समुदायहरुले एक महिनासम्म विभिन्न कार्यक्रम गरि मनाउने गरेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here