कियाचु बिर्तामोड -१० को नयाँ नेतृत्व

0
8

बिर्तामोड ।

किरात याक्थुङ चुम्लुङ वडा कार्य समिति बिर्तामोड-१० को अध्यक्षमा चामबहादुर जबेगू चयन भएका छन्।

कियाचु वडा समिति भवनको सभाहलमा सम्पन्न संस्थाको साधरणसभा तथा तेस्रो अधिवेशनले जबेगूको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा वेदबहादुर तेयुङ र ललिमाया तेयुङ,सचिवमा सन्तोष बेघा, सहसचिवमा वर्षा खेवा,कोषाध्यक्षमा निर्मला मादेन बेघा चयन भएका छन्।त्यस्तै सदस्यमा डेकमान लोक्ताम, मनकुमार जबेगू, राम तेयुङ, कृष्ण तुम्रोक,गृपराज कन्दङ्वा रहेका छन्।

कियाचु अध्यक्ष ज्ञानेन्द्र कन्दङ्वाको अध्यक्षता तथा बिर्तामोड-१० का वडाध्यक्ष दूर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य डेकमान लोक्तामले स्वागत गरेका थिए।

अध्यक्ष कन्दङ्वाले संस्थाको गतिविधिसहित प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा सचिव वेदबहादुर तेयुङले आयव्ययसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सोही अवसरमा जेष्ठ नागरिक दलबहादुर योङहाङ, देउमान नेम्वाङ र धनबहादुर फियाकलाई सम्मान गरिएको थियो। उनीहरुलाई ढाका टोपी लगाएर नगदसहित प्रमुख अतिथि,बशिष्ठ अतिथिलगायतले सम्मान गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गुरुङ,कियाचु बिर्तामोड नगर समिति उपाध्यक्ष मनु जबेगू, बरिष्ठ सल्लाहकार रिमानध्वज लोक्ताम, याक्खा छुम्मा जिल्ला समिति अध्यक्ष टेकबहादुर देवान,तमु ह्युल छोंजधि गुरुङ समाज वडा समिति अध्यक्ष जगदिशचन्द्र गुरुङ, सञ्चारकर्मी रत्न बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन सचिव वेदबहादुर तेयुङ र रविन जबेगूले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here