कानूनी साक्षरताबाट धेरैले लाभ लिए : अधिवक्ता गिरी

0
11

पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्दा दर्ता गरेर चर्चाको रहेका अधिवक्ता बिष्णुकुमार गिरीले कानूनी साक्षरता अभियान सञ्चालन गरिरहेका छन् । अधिवक्ता गिरीले नगरपालिका गाउँपालिका तथा स्थानीय उपभोक्ता समिति तथा विद्यालयहरुमा कानूनी साक्षरताको अभियान सञ्चालन गरेका हुन् ।

नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय सदस्य समेत रहेका अधिवक्ता गिरीले सरकारी निकायले दिने सेवासुविधाको लागि जारी गरिने बडा पत्रमा कुनै कार्यालयले समयमै कार्यसम्पन्न गर्न नसेको त्यसको क्षतिपूर्ति सेवाग्राहीलाई दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताउँछन् ।

अधिवक्ता गिरी भन्छन्– ‘अहिले अधिकांश सरकारी कार्यालयको लेनलाइन्ड फोन उठ्दैन कार्यालयमा सूचना कक्ष त राखिएको हुन्छ, तर त्यहाँबाट सेवाग्राहीले सूचना प्राप्त गर्न सकिरहेको अवस्था छैन यस्तो अस्थामा सेवाग्राही सही समयमा सेवा पाउन नसक्ने अवस्था भएकोले क्षतिपूर्तिसहितको बडापत्र हरेक सरकारी निकायले जारी गर्नुपर्छ ।’

आमउपभोक्तालाई आफ्नो अधिकारको बारेमा जानकारी गराउन पाए नेपालमा बढ्दै गएको भ्रष्टाचारको अन्त्य हुने बताउने अधिवक्ता गिरी विकसित मुलुकका उपभोक्ता सचेत भएकोले नै त्यो देशले विकासमा फड्को मारेमो बताउँछन् ।

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णयबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपछि अधिवक्ता गिरीको चर्चा थप चुलिएको छ । अधिवक्ता गिरीले अनलाईन नविकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयक जस्ता जनसरोकारका मुद्दामा सफलता हासिल गरिसकेका छन् ।

कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने व्यवस्था छ । कसैले कुनै गल्ती ग¥यो र मलाई यो थाहा थिएन मैले जानिन भनेर क्षमा पाउँदैन । त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने विदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भइरहेका बेला अधिवक्ता गिरीले कानूनी साक्षरता अभियान सञ्चालन गरेका हुन् ।

कानूनी साक्षरता अभियान अन्तर्गत अधिवक्ता गिरीले विभिन्न स्थानीय निकाय, विद्यालय, सामुदायिक संघ–संस्थाहरुमा कानून सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यमबाट नियमितरुपमा कानून सम्बन्धी लेख, रचना तथा अन्तरवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिँदै आएका छन् ।

मेलमिलापकर्ता समेत रहेका अधिवक्ता गिरी पछिल्लो समय कानून सम्बन्धी विभिन्न संघ–संस्थाले आयोजना गरेको कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिँदै आएका छन् । स्थानीय तहमा रहेका न्यायिक समितिमा न्यायाधिशकै व्यवस्था गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका अधिवक्ता गिरी जनसरोकारका विषय भेट्यो कि त्यसको कानूनी उपचारको लागि अदालतको ढोका ढक्ढक्याउन पुगि हाल्छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानूनी सहायता गर्दै आएका छन्– अधिवक्ता गिरी । गिरीसँग लामो समय पत्रकारिता गरेको अनुभव पनि छ । उनीसँग पत्रकार महासंघको विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेर काम गरेको अनुभव पनि छ ।

गिरीको मेहनत, परिश्रम, दुःख र संघर्षका ती दिनमा आफूलाई निरन्तरता दिँदै आएका उनी अहिले कानूनी क्षेत्रमा परिचित नाम हो । अधिवक्ता गिरीले कोरिया, जापान, थाइल्याण्ड, कम्बोडिया, बंगलादेश, भारत, चीन लगायत एक दर्जनभन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कानून सम्बन्धी तालिम समेत लिएका छन् ।

अधिवक्ता गिरीले राष्ट्रिय नागरिक सम्मान २०७६, विशेष नागरिक सम्मान २०७९ लगायतको दर्जनांै सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । उनी श्रमजीवी पत्रकार संघ, टि.आर.टी लगायतका संघ संस्थाका कानूनी सल्लाहकार समेत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here