इनारमा खसेकी महिलाको जीवितै उद्धार

0
11
काठमाडौँ, 
ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ ।
 लुगा सुकाउने क्रममा २८ वर्षीय नुतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा प्रधानलाई इनारबाट निकालिएको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले  इनारभित्र खसेकी प्रधानको जीवितै उद्धार  गरिएको जानकारी दिनुभयो ।
प्रधानलाई  उपचारका लागि पाटन अस्पताल पठाइएको छ । प्रहरी उपरीक्षक कार्कीले महिलाको शरीरमा सामान्य घाउचोट लागेको र  अवस्था सामान्य रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here