विप्रेषण नेपालको अर्थतन्त्रको प्रमुख आधार

0
19

विप्रेषण अर्थात् रेमिट्यान्स एक निजी आय हो । जुन नियमित वा आवधिकरूपमा वैदशिक रोजगारमा गएकाबाट वा शिक्षा प्राप्त गर्न विदेश गएकाबाट वा अन्तर्राष्ट्रिय आप्रवासीहरूबाट उनीहरूको मूल देशमा परिवारका सदस्यहरूलाई हस्तान्तरण गरिन्छ । यसले नेपाल जस्ता विकासशील देशहरूमा वित्तीय प्रवाहको सबैभन्दा ठूलो स्रोतको प्रतिनिधित्व गर्दछ । एकातर्फ विप्रेषण नेपाल जस्ता विकासोन्मुख देशहरूका लागि वैदेशिक आम्दानीको महत्वपूर्ण स्रोत हो । जुन हालैका दशकहरूमा आकारमा नाटकीय रूपमा बढिरहेको छ ।

अर्कातर्फ वैदेशिक रोजगारी बिस्तारै विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बन्न थालेको छ र यसले नेपालमा सकारात्मक भुक्तानी सन्तुलन कायम राख्दैछ । अन्तर्राष्ट्रिय आप्रवासीहरूले औपचारिक र अनौपचारिक माध्यमबाट आफ्नो पैसा स्वदेशमा पठाउँछन् । औपचारिक च्यानलहरू बैंकिङ्ग च्यानलहरू र पैसा ट्रान्सफर अपरेटरहरूसँग सम्बन्धित छन् । भाषिक समस्याहरू र रकम स्थानान्तरणका लागि बैंकिङ्ग च्यानल प्रयोग गर्ने चेतनाको कमीका कारण केही आप्रवासी कामदारहरूले अनौपचारिक च्यानलहरू प्रयोग गर्न सक्छन् र गरिरहेका पनि छन् । त्यसैले यस क्षेत्रलाई थप व्यवस्थित बनाउन र औपचारिक माध्यमबाट रेमिट्यान्स प्रवाहका लागि थप पहल गर्न आवश्यक छ ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली श्रमिकको माग बढाउन तालिम र सीप दिने संस्थागत व्यवस्था गर्ने र उत्पादनशील क्षेत्रमा रेमिट्यान्स प्रवाहलाई मार्गदर्शन गर्ने चुनौती रहेको छ । रेमिट्यान्स आम्दानी जमिन र भवन व्यवस्थापन, बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा, मनोरञ्जन जस्ता घरेलु प्रयोजनमा प्रयोग हुने गरेको छ । यस बाहेक, यो उत्पादनशील र व्यापारिक क्षेत्रमा केही हदसम्म सूक्ष्म र बृहत् स्तरको व्यापार सञ्चालन गर्न प्रयोग गरिन्छ । अल्पविकसित राष्ट्रहरूलाई उत्पादकत्व अभिवृद्धि र आर्थिक विकासका लागि ठूलो मात्रामा पुँजी आवश्यक पर्छ ।

नेपालको सन्दर्भमा पुँजी निर्माणको प्रमुख स्रोत रेमिट्यान्स आय हो । यस बाहेक, अदक्ष कामदारहरू आफ्नो स्वदेश फर्किएपछि विदेशमा प्राप्त व्यावहारिक र उपयोगी सीपहरूका सहयोगले स्वदेशमै स्वरोजगार शुरु गर्छन् । बितेका दुई दशकमा रेमिटेन्सको आकार र मात्रामा वृद्धि भएको छ र विश्वभर आप्रवासीहरूको संख्यामा वृद्धि भएको छ र सम्भवतः भविष्यमा यो क्रम जारी रहनेछ ।

रेमिट्यान्सले राष्ट्रिय आयको स्तर बढाउने भएकाले विदेशी मुद्राको ठूलो स्रोत भए तापनि यसले विप्रेषण प्राप्तकर्ताहरू बीच परनिर्भरता सिर्जना गर्ने, उपलब्ध श्रमशक्तिको निरन्तर बसाइँसराइलाई प्रोत्साहन गर्ने र राष्ट्रिय आयको सम्भावनालाई कम गर्ने भएकाले यसले नकारात्मक बृहत् आर्थिक प्रभाव पारेको छ । केही आप्रवासीहरू शिक्षित वा उच्च सीप भएका हुन सक्छन् । जसलाई सामान्यतया ब्रेन ड्रेन वा प्रतिभा पलायन भनिन्छ र विकासोन्मुख देशहरूको लागि आर्थिक विकासको सन्दर्भमा यो राम्रो संकेत होइन । किनभने स्वदेशले उनीहरूको शिक्षामा समय, प्रयास र पैसा लगानी गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासनले घरेलु देशहरूलाई रेमिट्यान्समा आश्रित बनाइदिन्छ ।

रेमिट्यान्समा निर्भरताले विकासलाई विकृत बनाउँछ र देशभित्रका जनतामा असमानता र असहजता सिर्जना गर्दछ । नेपालको अर्थतन्त्र धेरै हदसम्म कृषिमा आधारित भएतापनि वेरोजगारीको अविश्वसनीय संख्या, औद्योगिक क्षेत्रको कमजोर विकास, तलब र आम्दानीको न्यून स्तर, व्यापारिक वातावरणको अभाव र चाँडै नै वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रूपमा बढेको छ । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा लाखौं युवा रोजगारीको खोजीमा विदेश जान बाध्य छन् ।

पछिल्लो तीन वर्षको तथ्यांकले वार्षिक औसत दुई लाख ५० हजार मानिस वैदेशिक रोजगारीका लागि विदेशिने गरेको र यो संख्या बढ्दै गएको देखाएको छ । वैदेशिक रोजगारी देशका लागि वैदेशिक मुद्राको प्रमुख स्रोत बने पनि दीर्घकालमा रेमिट्यान्सको जालमा पर्न सक्छ । स्वदेशमै रोजगारीको अवसर सृजना गरी युवाहरूलाई राष्ट्रको विकासमा संलग्न गराउनु अर्को चुनौती हो ।

विगत केही वर्षदेखि नेपालले रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि भएको अनुभव गरिरहेको छ र फलस्वरूप यसको डिस्पोजेबल आम्दानी पनि निरन्तर बढिरहेको छ । रेमिट्यान्स आम्दानी र अन्य कारणले बचत र लगानी दरमा निराशाजनक गिरावट आउने कारणले मुलुकको अर्थतन्त्र विस्तारै उपभोगमुखी बन्दै गएको छ ।

विगत दुई दशकको अवधिमा घरेलु बचतको दर ११.७ प्रतिशतबाट घटेर ६.७ प्रतिशतमा झरेको छ । उपभोगमुखी अर्थतन्त्रले स्वाभाविक रूपमा परनिर्भरता निम्त्याउँछ जसले गर्दा लगानीका लागि स्रोतको अभाव हुन्छ । तसर्थ, अनावश्यक उपभोगलाई निरुत्साहित गरी बचत र लगानीको स्तर अभिवृद्धि गरी आर्थिक वृद्धिको आधार निर्माण गर्नु अर्को चुनौती हो । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीको आम्दानीलाई सरल, आर्थिक र सुरक्षित तरिकाले सुरक्षित रूपमा भित्र्याउने सन्दर्भमा नियमहरू लागू गरेको छ ।

रेमिट्यान्सको कमजोर सदुपयोग, अनुत्पादक क्षेत्रमा अत्यधिक लगानी, न्यून आर्थिक वृद्धि, सीमित रोजगारीका अवसर र उपभोक्तावादी संस्कृतिका कारण विप्रेषणले पनि आशातीत फाइदा दिन सकेको छैन । विप्रेषण विगत केही दशकहरूमा न्यून र मध्यम आय भएका देशहरूमा विकास वित्तपोषणको सबैभन्दा महत्वपूर्ण वित्तीय प्रवाह र स्रोतको रूपमा देखापरेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अंशका आधारमा नेपाल विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने देशमध्ये एक हो । रेमिट्यान्स प्रवाहले गरिबी घटाउन र मानव विकासमा प्रगति गर्न मद्दत गरेको छ । भुक्तानी सन्तुलन कायम गर्न र नेपालमा विदेशी विनिमय अवरोधहरू कम गर्न सहयोग गरेको छ ।

सन् १९९० मा निरङ्कुश ‘पञ्चायत व्यवस्था’ हटाएर लोकतन्त्रको पुनस्र्थापना गरी शासन परिवर्तन भएसँगै नेपाललाई अर्थतन्त्रको उदारीकरण र निजीकरणतर्फ डोरÞ्यायो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापना भएको केही समयपछि नेपाल एक दशक (१९९६–२००६) लामो गृह द्वन्द्वमा प्रवेश ग¥यो । त्यसपछि सन् २०१५ मा नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनमा प्रवेश नगरेसम्म सङ्क्रमणकालीन शासन सञ्चालन भयो । यस अवधिमा लामो राजनीतिक अस्थिरताको मुख्य विशेषता रह्यो । यी सबै अवधिहरूमा, विशेष गरी २००१ पछि, नेपाल अन्तर्राष्ट्रिय श्रम आप्रवासन र रेमिट्यान्स नेपालको अर्थतन्त्रको महŒवपूर्ण विशेषताका रूपमा रह्यो ।

विगत तीन दशकमा रेमिट्यान्स आप्रवाहमा वृद्धि हुनुका साथै परम्परागत गन्तव्य भारतबाट खाडी र अन्य विकसित देशहरूमा बसाइँ सर्ने गन्तव्यमा आएको परिवर्तनले रेमिट्यान्सको महŒव अझ बढेको छ । यो अवधिमा नेपालको आर्थिक वृद्धि कम उत्पादकत्वको स्तर, उच्च निर्वाहमुखी कृषि आर्थिक आधार, उत्पादन क्षेत्रमा स्थिरता र सेवा क्षेत्रको सीमित अवशोषण क्षमताका कारण न्यून र अनियमित रह्यो ।
महŒवपूर्ण कुरा के हो भने विगत तीन दशकमा उत्पादन क्षेत्रको ठूलो विस्तार नगरी कृषिबाट सेवा क्षेत्रमा संरचनात्मक रूपान्तरण भएको छ र देशको समग्र वृद्धिको सम्भावना घटेको छ यस अवधिमा, श्रम आप्रवासन र रेमिट्यान्स नेपालको अर्थतन्त्रमा तैरिन मद्दत गर्ने महत्वपूर्ण जीवनरेखाहरू मध्ये एक बनेको छ । अर्थतन्त्रको कमजोर प्रदर्शनका बाबजुद रेमिट्यान्स आप्रवाहले दीर्घकालीन आर्थिक वृद्धिमा साना तर सकारात्मक र महत्वपूर्ण प्रभाव पारेको छ । तर, छोटो अवधिका लागि ती प्रभावहरू महत्वपूर्ण छैनन् ।

निष्कर्षमा भन्ने हो भने रेमिट्यान्सको लागत घटाउन र औपचारिक माध्यमको प्रयोगलाई बढावा दिन जरुरी छ । प्राप्त विप्रेषणलाई सदुपयोग गर्न राष्ट्रमा उत्पादनमूलक लगानीलाई सुदृढ गर्न सक्नेपरनिर्भरतालाई न्यूनीकरण गर्न विप्रेषणको समुचित उपयोगका लागि दीर्घकालीन, राम्रा र प्रभावकारी योजना र नीतिहरू सहित थप दिगो नीतिगत दृष्टिकोणको खोजी गरी व्यवहारमा उतार्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here