अन्तरपालिका टी–२० क्रिकेट

0
9

बुधबारे ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले प्रथम झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

पत्रकार सम्मेलन गर्दै आगामी फागुन २ गतेदेखि १२ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताएका छन् । झापा जिल्लाका १५ वटै पालिकाको सहभागी हुने प्रतियोगितामा बिजेताले नगद एक लाख रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छ भने उपबिजेताले नगद ५० हजार र मेडल, ट्रफी, प्रमाणपत्र पाउने बताइएको छ ।

खेल टी–२० को नियम अनुसार हुनेछ । अध्यक्ष प्रसाईंका अनुसार प्रत्येक टीममा १५ जना खेलाडीहरु हुने छन् । जसमा ११ जना मुख्य खेलाडी र चार जना वैकल्पिक रहने छन् । खेलमा म्यान अफ् दी म्याचलाई दुई हजार, फाइनलको दिन म्यान अफ् दी म्याचलाई पाँच हजार र म्यान अफ् दी सिरिजलाई १० हजार पुरस्कार दिइने छ ।

सोही अवसरमा खेल तालिका समेत चिठ्ठा मार्फत सार्वजनिक गरिएको छ । पोल (ए) र पोल (बी) गरी खेला तालिका सार्वजनिक गरिएको हो । पहिलो खेल कनकाई नगरपालिका र बाह्रदर्शी गाउँपालिकाबीच हुनेछ । दोस्रो खेल हल्दिबारी र गौरीगञ्ज गाउँपालिका, तेस्रो खेल बुद्धशान्ति गाउँपालिका र मेचीनगरपालिका, चौंथो खेल झापा गाउँपालिका र गौरादह नगरपालिका, पाँचौ खेल शिवसताक्षी र कमल गाउँपालिका, छैठौँ खेल भद्रपुर र दमक नगरपालिका, सातौँ खेल अर्जुनधारा र कचनकवल गाउँपालिका बिच हुने बताइएको छ । बिर्तामोड नगरपालिका भने बाईमा परेको छ । खेल बुद्धशान्ति–२ स्थित पेट्रोल पम्प छेउको खुला मैदानमा हुनेछ ।

प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंको अध्यक्षता तथा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाको प्रमुख आतिथ्य, क्रिकेट संघ कोशी प्रदेशका सदस्य नारद नेपालको बिशिष्ट आतिथ्य, झापा जिल्ला क्रिकेट संघका कोषाध्यक्ष तुलानाथ दाहालको बिशेष आतिथ्यमा खेल तालिका सार्वजनिक गरिएको थियो ।

खेल तालिका सार्वजनिक कार्यक्रमको सहजिकरण गोकुल पौडेलले गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव मदन मगरले गरेका थिए । आपतविपदमा परेकाहरूलाई सहयोग गर्ने साथै बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने स्थापना भएको यस प्रतिष्ठानले ५० लाख अक्षयकोष र २० लाख कार्यालय व्यवस्थापनका लागि गरेर ७० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here