केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक ढकाल

0
15

काठमाडौँ,

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललाई तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई आज केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकाललाई ९८५१२९२१११ र spokesperson@nepalpolice.gov.np इमेल ठेगाना मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here