प्रगतिको डिजीटल सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम

0
10

अर्जुनधारा।

झापाको अर्जुनधारा–१० स्थित प्रगति महिला कृषक समूहको आयोजनामा  डिजीटल सुरक्षा सम्बन्धी दुई दिने चेतनामूलक कार्यक्रम शुरु भएको छ ।

ललितपुरस्थित टेवा नेपालको आर्थिक सहयोगमा आयोजित उक्त तालिम अर्जुनधारा–११का १५ देखि २५ वर्ष उमेर समूहका युवतीहरुलाई लक्षित गरि आयोजना गरिएको समूहकी अध्यक्ष गान्धारी मिश्रले जानकारी दिइन् ।

स्थानीय गौरीशंकर शिवालय मन्दिरको सभाहलमा समूहकी अध्यक्ष मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कार्यवाहक वडाध्यक्ष पूर्णबहादुर राईले गरेका थिए ।

अध्यक्ष मिश्रले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा वडा सदस्यद्वय सीता कँडेल दर्जी र सुशिला गिरी, वडा सचिव सुशिला मिश्र, सालबारी प्रहरी बिटका प्रहरी हवल्दार वीरेन्द्र नेम्वाङलगायतको आतिथ्यता रहेको थियो ।

सहजकर्ताद्वय अर्जुनधारा नगरपालिका सूचना तथा प्रविधि शाखा प्रमुख विनोद खनाल र कम्प्युटर एसोसीएसन नेपाल(क्यान) झापाका सचिव लोकप्रिय खनालले सहजिकरण गर्ने कार्यक्रममा ३० जनाको सहभागिता रहेको बताइएको छ ।
समूहकी उपाध्यक्ष शान्ता पोखरेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सरीता काफ्लले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here