सुरुङ्गामा एमालेको अन्तरक्रिया

0
9

सुरुङ्गा । 


नेकपा एमालेको आयोजनामा सुरुङ्गामा पार्टी नेतृत्व, जनप्रतिनिधि र कार्यकर्तावीचको अन्तरक्रिया सम्पन्न भएको छ ।

एमाले कनकाई वार्ड नं. ३ का अध्यक्ष राजेन्द्रकुमार उप्रेती (राजेश) को अध्यक्षतामा प्रमुख अतिथि एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेम गिरीले पार्टी निर्माणका लागि पहिलो र महत्त्वपूर्ण कुरा विचार भएको बताए ।

७५ वर्षको उमेरमा हिँडिरहेको पार्टीले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी लगायतका नेताहरूको योगदान रहेको र पार्टी विभिन्न विचार शृङ्खला पार गर्दै अगाडि बढिरहेको गिरीले बताए ।

झापा क्षेत्र नं. ४ का संविधानसभा सदस्य रहेका कार्यवाहक अध्यक्ष गिरीले आफ्नो पार्टी विचारमा प्रष्ट रहेको र सबल सङ्गठनका कारण नेता र नेतृत्व वीच समन्वय र सहकार्य रहेको बताए । एमाले जनआधारित कार्यकर्ता पार्टी रहेका कारण विपक्षीहरूभन्दा सक्षम रहेको गिरीले दावी गरे ।

एमालेको कार्यकर्ता पङ्क्ति मुलुकका दलमध्ये सबैभन्दा बलियो रहेको उनको भनाइ थियो । उनले एमाले कार्यकर्ता ढुंगाबाट शालिग्राम बन्ने प्रक्रियामा रहेको बताए ।

तेस्रो कुरा पार्टी बन्न नेतृत्व चाहिने र सुविचारित र सुस्पष्ट दृष्टिकोणसहितको नेतृत्वबाट मात्र पार्टीले गति लिने उनको विचार थियो । एमाले जनआन्दोलन र जनपरिचालनका माध्यमबाट अघि बढिरहेको छ । उनले भने, “जनआन्दोलन भनेको जनवर्गीय संगठनका माग र मुद्दालाई साथ र सहयोग गर्ने हो भने जनपरिचालन भनेको संसदीय मोर्चामा श्रेष्ठता हासिल गर्ने हो ।“
पार्टीभित्र बहस, अन्तरक्रिया र छलफल कम भएको स्वीकार गर्दै कार्यवाहक अध्यक्ष गिरीले भने, “बहसले मगज भुत्ते हुनबाट जोगाउँछ,

अन्तरसंवादले सबल अन्तरसम्बन्ध बढाउँछ र अन्तरक्रिया सिंहावलोकन हो।“ संसदीय मोर्चामा रहेका साथीहरूले काम गरे नगरेको विश्लेषण कार्यकर्ता र शुभेच्छुकले गर्ने भएकाले एमाले कार्यकर्ताले जनतासँग स्पष्ट र पारदर्शी छबि निर्माण गर्नुपर्ने गिरीको भनाइ थियोे ।

एमाले झापा जिल्ला कार्यालय सचिव छबि विश्वकर्माको विशेष आतिथ्यमा भएको कार्यक्रममा कनकाई नगर ईञ्चार्ज एवम् जिल्ला सदस्य रविन्द्र लम्साल, कनकाई नगर संयोजक गोकर्ण ओझा, जिल्ला कमिटी सदस्य ओम पाठक, प्रदेश प्रतिनिधि टीकाप्रसाद लामिछाने, जनप्रतिनिधिहरू नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, सामाजिक विकास समिति संयोजक नबलकिशोर दत्त, राष्ट्रिय युवा संघ कोशी प्रदेश सचिव विनोद रानामगर, नगरपालिका सदस्यहरू कृष्णमाया भुजेल, सुष्मा परियार, गोविन्द सुबेदी, अनिल गोयल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा भरत शिवाकोटी, अनिता उप्रेती, विनोद दाहाल, बल्लभकुमार गौतम, ख्यामप्रसाद ओली, अम्बिका खरेल लगायतले संगठन र विकास निर्माणसम्बन्धी समस्याहरू जनप्रतिनिधि र पार्टी नेतृत्वसँग राखेको एमाले वार्ड ईञ्चार्ज मनहरि बिमलीले जानकारी दिए ।

देवीप्रसाद उप्रेतीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नेकपा एमाले वार्ड नं. ३ का सचिव अम्बरबहादुर कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here