‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा निर्माता राई

0
11

झापा ।

चलचित्र निर्माता,आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्यक्ष ज्योतीराज राई दोस्रो पटक ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा नियुक्त्त भएका छन ।

चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा बोर्डका अध्यक्ष भुवन केसीले राईलाई नियुक्त्त गरेका हुन । नवनियुक्त्त राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरिसकेका छन । राई पुन दोस्रो पटक आदिवासी जनजाती चलचित्र महासंघको सिफारिसमा संयोजक नियुक्त भएका हुन् ।

नेपालका सातै प्रदेशका बिभिन्न १६ जातीय संस्थाबाट सिफारिस भएर आएका बिभिन्न ब्यक्ति मध्येबाट आदिवासी जनजाती महासंघले चलचित्र बिकास बोर्डलाई एक ब्यक्ति संयोजक र अरु सदस्यहरुका लागि सिफरिस गर्ने सोही अनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान रहेकोछ ।

राईको संयोजकमा छ सदस्यको समिति गठन गरेको हो । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी रहेका छन र हरिसिंह रैखोला समितिको सदस्य सचीव रहेका छन् । समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको ब्यक्तित्व बिकास, आदिवासी चलचित्रको प्रवर्धन र बजार बिस्तार गर्दै सक्षम बनाउने काम गर्छ ।

आफ्नो कार्यकालमा बिभिन्न भाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार बिस्तार गर्ने, नितिगत रुपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए । ‘हाम्रो भाषा, संस्कृति र कल्चरलाई समेत फिल्मको माध्यमबाट समेट्न प्रोत्सान गर्नेछु’ राईले थपे । पुन नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका राईले यस अघी संगम, त्रिबेणी, पापी मान्छे, वान वे, प्रोडुसर जस्ता चलचित्रहरुको निर्माण गरेकाछन ।

उनको पछिल्लो समय निर्माण गरेको फिल्म ‘लुङ्गा’ हो । राईले दुई थोपा आँसु, साइनो कस्तो कस्तो, माई बेष्ट फ्रेण्ड, डामाडोल लगायत निर्माण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here