अर्जुनधारा जलेश्वरधाममा विशेष कार्यक्रम सम्पन्न

0
7

अर्जुनधारा ।

राम जन्मभूमि भारतको अयोध्यास्थित नवनिर्मित राम मन्दिरमा आयोजित प्राणप्रतिष्ठा समारोहको अवसरमा सोमबार झापाको अर्जुनधारा–७स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

प्राणप्रतिष्ठाको लागि तोकिएको समय(भारतीय समय १२ः२९) अघि नै मन्दिर परिसरमा भेला भएका पाँच सय बढी भक्तजनहरुले उक्त समारोहको प्रत्यक्ष प्रसारण अवलोकनसँगै मन्दिर परिसरमा निर्माण गरिएको राम मन्त्र “जय श्री राम”मा दीपावली तथा रामको तस्वीरमा पूजाअर्चना गरेका थिए ।

त्यसैगरी धाम व्यवस्थापन समितिकोतर्फबाट सहभागी भक्तजनहरुको लागि प्रत्यक्ष प्रसारण अवलोकन गराउन एलइडीको व्यवस्थापन, भव्य श्रृङ्गार आरती र ‘जय श्री राम’ भण्डारा सञ्चालन गरिएको धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए । सोही समारोहको अवसरमा साँझ दीपमालिका र भजनकीर्तनका कार्यक्रमहरु सञ्चालन हुने बताइएको छ ।

समितिले सञ्चालन गरेको ‘जय श्री राम’ भण्डारामा चार सय ५३ जना बढी दाताहरुको सहयोग प्राप्त भएको समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here