कप्लिक स्पटस् : दादुरा पहिचानको मुख्य आधार

0
19

दादुरा रोगको पटक–पटक उन्मुलनको तयारी भएता पनि बर्षेनि देखापर्ने क्रम रोकिएको छैन् । बिर्तामोडकी एक बालिकालाई दादुरा देखा परेसँगै झापामा दादुरा संक्रमित संख्या पछिल्लो समय बढ्दै गएको छ । यसरी हेर्दा कतै दादुराको भाइरसले नयाँ भेरियन्ट पो लिएर आयो कि भन्ने शंका नगरि बस्न सकिन्न ।

यसका लागि बिषय विज्ञहरु अनुसन्धानमै केन्द्रित होलान् पनि । छिमेकी गाउँपालिकामा छ जनामा पुष्टीपछि झापा कै अर्को पालिकामा देखिएको दादुरा रोगबारे बिर्तामोड नगरपालिका स्वास्थ शाखा प्रमुख राजिवकृष्ण बिष्ट आफ्नो पालिकाको एक वडामा बालिकामा देखिएको समस्या दादुरा पुष्टि भएको र सरुवा रोग प्रकिया रोक्न गर्नुपर्ने ‘चेन ब्रेक प्रोसेस’ अपनाई सकिएको साथै थप सतर्कता अपनाउन सूचना जारी गरिएको बताउनुहुन्छ ।

यो अति संक्रामक भाइरसद्वारा हुने भएकोले फैलन सक्ने जोखिम त्यति नै रहने गर्दछ । सतर्क त हुनै पर्दछ, अर्कोतर्फ यो भ्याक्सिन प्रिभेन्टिभ रोग भएकोले उहाँ निकट समयमा नै हुने दादुराबिरुद्धको खोप अभियान कार्यक्रमले पक्का पनि यसको जोखिम न्युनीकरण गर्ने र हामी सबैले तोकिएको उमेर समूहका नानीहरुलाई खोप कार्यक्रममा सहभागी गराउनु हाम्रो कर्तव्य समेत रहेको बताउनुहुन्छ । यो पटक नेपाल सरकारले चलाउन लागेको अभियानले भने ९ महिनादेखि १५ बर्ष सम्मानका सबैलाई खोप लगाउन आह्वान गर्ने भएको छ ।

के हो दादुरा ?

अति संक्रामक रोगको को सूचीमा पर्ने र बिशेषगरी बालबालिकालाई लाग्ने गर्दछ । दादुरा अति संक्रामक रोग भएकोले यसले महामारीको रुप समेत लिन सक्ने हुन्छ । साधारणतयाः यो रोगको संक्रमण भएको ७ देखि १४ दिनमा लक्षण तथा चिन्हहरु देखिन्छ । जसलाइ हामी रोग सर्ने अवधि पनि भन्ने गर्दछौं । रुघामर्गी, ज्वरो जसरी शुरु हुने जसले कमजोर र कुपोषित बच्चाहरूमा जटिलता ल्याउँदै मृत्यु समेत गराउन सक्दछ । ५ बर्ष मुनीका बालबालिका यो रोगबाट प्रताडित भएता पनि २० वर्ष माथिलाई समेत यसले सताउने गर्दछ ।

कारकतत्व :

पाराम्याग्जो परिवार अन्तर्गतको च्ल्ब् बिशाणु, मिजल्स बिशाणु यसको प्रमुख करकतत्व हो । यो भाइरस रेस्पिरेटरी सेक्रेसन मार्फत संक्रामक बनि फैलिने गर्दछ । यस रोगमा मानिस यताउति फैलाउन सहयोग गर्ने स्रोत (क्यगचअभ) र वृद्धी विकास गर्न भण्डार (Reservoir) दुबै रुपमा रहेको हुन्छ ।

कसरी सर्छ दादुरा ?

प्रत्यक्ष रुपबाट प्रसारण हुने या सर्ने (Direct transmission)

– प्रत्यक्ष सम्पर्क (Droplet infections) संक्रमित बालबालिकासँग निकट र निरन्तर सम्पर्क, चुम्बन, स्याहार–सुसार गर्दा यो रोग अति नै सजिलोसँग सर्न सक्छ ।

– त्यस्तै बिन्दु संक्रमण (Droplet infections)बाट सर्ने गर्दछ । जस्तैः नजिक भएर बोल्दा, हाच्छिउँ गर्दा, खोक्दा निस्किएका थुक सिँगानका पाँच माइक्रोनभन्दा ठूलो भिजेका कणहरुमा÷टुक्राहरुमा लाखौं भाइरसहरु मिसिएर प्रत्यक्ष रुपमा फैलिन्छ ।

अप्रत्यक्ष रुपमा प्रसारण हुने या सर्ने (Indirect Transmission)

– ड्रपलेट न्युक्लि (Droplet Neucli) घण्टौंसम्म वातावरणमा बाँच्न सक्ने चरित्रका कारण यो भाइरस फैलिएको या मिसिएको हावामा श्वास लिएमा यो रोग सर्न सक्छ । यो १ देखि ५ माइक्रोनसम्मका सुख्का कारणहरु हुन् ।

– रोगीले प्रयोग गरेका सामग्रीहरु (infected fomites) वा संक्रमित सतह छोएर नाक, आँखा, मुख छुँदा म्युकस तहबाट भाइरस शरीरमा प्रवेश गर्दछ र सजिलै सर्न सक्छ ।

कसरी चिन्ने, लक्षण तथा चिन्हहरु
– श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्याबाट यो रोग शुरु हुने गर्दछ ।
– बालबालिकालाई ज्वरो आउने
– खोकी लाग्ने
– नाकबाट सिँगान बग्ने
– आँखा रातो तातिएको जस्तो हुने गर्दछ
– कमजोरी बनाउने गर्दछ ।
– कप्लिक स्पटस् (KoplikÚs spots)मुख्य गरी स्वास्थ्यकर्मी या चिकित्सकले शरीरमा रातो दाग आउनुभन्दा पहले मुखभित्रको छालामा या गिजामाथि आउने राता–राता चम्किला र कहिलेकाहीँ कनिका जस्तो स–सानो फोका आउने कुराबाट दादुरा भएको पुष्टि गर्दछन् । यी चम्किला दागहरुको केन्द्रमा निलो या सेतो हुने गर्दछ । यसलाई नै कप्लिक स्पटस् भनिन्छ । यो आएको केही दिनमै पछि अनुहार, घाँटी, ढाड, हातखुट्टामा रातो दाना दागहरु आउने गर्छ ।

मेचीनगरका स्वास्थ्यकर्मी लेखनाथ खतिवडाका अनुसार पत्ता लगाउने तरिकामा दादुरा जस्ता देखिने दागहरु (measles like rashes) भएका बिरामीहरुको रगत र पिसाब संकलन गरेरबाट स्वस्थ्य संगठनले मान्यता दिएका प्रयोगशालामा पठाउने गरिन्छ । खतिवडाका अनुसार त्यसमा पनि एउटै समुदायमा चार हप्ताभित्र छ जनाभन्दा बढिमा देखिएमा शंका गर्न सकिन्छ । यसको भाइरसलाई पिसिआर परिक्षण गरी छुट्याउन सकिन्छ जसको अन्तिम परिक्षण भनेको रगतबाट गर्ने गरिन्छ ।

दादुराबाट के जटिलता आउन सक्छ त ?

– माथिल्लो श्वासप्रश्वास प्रणालीको सक्रंमण भएकोले कान पाक्ने समस्या देखिन सक्छ । कान नसुन्ने हुन सक्छ ।
– संक्रमण बढ्दै गए निमोनिया हुन सक्छ ।
– झाडा पखाला लाग्न सक्छ ।
– मस्तिष्कको सुजन या इन्सेफ्लाइटिस हुन सक्छ ।
– कतिपय अवस्था जस्तैः प्रिम्याचुर बर्थ या छिटो जन्मिएको बच्चा, मालन्युट्रिन्ट मा अन्डरन्युट्रिन्ट बालबालिका, खराब सामाजिक, आर्थिक र पारिवारिक, गुजुमुज्ज (क्राउडेड) बस्तीहरुमा जनचेतनाको कमिले यसले जटिलता ल्याएको र ज्यान समेत जाने जोखिम देखिएको छ ।

फैलावट र रोगको रोकथाम

– यो रोग रोकथामको पहिलो उपाय भनेको च्ल्ब् एबचबmबहय ख्ष्चगक को वृद्धि रोक्नु हो । जसका लागि संक्रमणको साङलो तोड्नु (RNA Paramaxo Virus ) पर्दछ ।

– आइसोलेसन र क्वारेन्टाइन : रोगीलाई छुटै कोठामा राखेर उपचार तथा स्याहार–सुसार गर्ने अथवा संक्रमित क्षेत्रबाट आएकालाई स्क्रिनिङ गर्ने स्वास्थ समुदायमा सम्पर्क आउन नदिने ।

– रोगि बालबालिका या व्यक्तिबाट निस्किएका पदार्थहरु जस्तैः थुक, ¥याल, खकार, सिगान आदिको उचित बिसर्जन गर्ने ।

– संक्रमित भएका बालबालिकालाई केही दिन विद्यालय नपठाउने या नयाँ रोगी देखापरे संक्रमण अवधि सकुन्जेल विद्यालय बन्द गर्ने ।

– जटिलता आउन नदिन मनतातो झोल पदार्थ, गेडागुडी दाल तथा अन्य पौष्टिकतत्वहरु सेवन गराउने तथा लक्षण अनुसार चिकित्सकको परामर्शमा उपचार गर्ने ।

– नियमित राष्ट्रिय खोपमा अनिबार्य समाबेश हुने र हुन प्रोत्साहन गर्ने, तालिका अनुसार नानीहरुलाई ९ महिना पुगेपछि एक पटक र १२ महिनादेखि २३ महिनाबीचमा एक पटक दाहिने तिघ्रामा दुई पटक लगाउनु पर्दछ । तर, यो पटकको अभियानले भने ९ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई खोप लगाउने छ ।

– सचेतनाका लागि स्थानीय वडा, गाउँ र नगर पालिकाहरुले कार्यक्रमहरु सञ्चालन गर्नेछ ।
– बालबालिकाहरुको हेरचाह उचित तरिकाले गर्ने ।

– आमा–बुवा या बालबालिकाका सधँै नजिक रहने बालबालिका शिक्षकहरुले दादुराको मुख्य चिन्हबारे ख्याल गर्ने र सूचना दिने ।

sureshkhatiwada112@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here