कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सिटौला र कोइराला निर्वाचित

0
8
मोरङ,
 कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)की रुकमणी कोइराला विजयी हुनुभएको छ ।
अन्य समूहबाट कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२ मतभार प्राप्त गर्दा सोही समूहमै राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले चार हजार पाँच सय २६ र नेकपा (एमाले)का पर्शुराम अधिकारी एक सय २९ मतभार प्राप्त गर्नु भएको आज साँझ निर्वाचन परिणाम घोषणामा  निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
यसैगरी महिला समूहतर्फ नेकपा (एमाले)की रुकमणी कोइरालाले पाँच हजार ८६ मतभार प्राप्त गरी विजयी हुनुभयो भने नेकपा (माओवादीकेन्द्र)की चम्पादेवी कार्कीले चार हजार नौसय ९२ मतभार प्राप्त गर्नुभयो ।
निर्वाचन अधिकृत गौतमले विजयी उम्मेदवारद्वय सिटौला र कोइरालाले विजयी प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।
प्रदेश निर्वाचन कार्यालय विराटनगर-१० मा रहेको मतदान केन्द्र विहान ९ बजेदेखि सुरु भएको मतदानमा प्रदेशसभाका ९३ सदस्य र एक सय ३७ पालिकाका दुई सय ७४ मतदातामध्ये दुई सय ७१ ले मतदान गर्नुभयो ।
मतदानमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले मतदान गर्नुभएन । साथै मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रसाद गच्छदार विरामी तथा झापाका झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा रहेकाले मतदान गर्नुभएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here