स्थानीयको रोजाईमा ‘आदिवासी जनजाति बिर्तामोड महोत्सव’

0
10

झापा ।

गत मंगलबारदेखि जारी दोस्रो ‘आदिवासी जनजाति बिर्तामोड महोत्सव’ स्थानीयको रोजाईमा परेको छ ।

सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि आयोजना गरिएको महोत्सवमा दिनहुँजसो स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले साङ्गीतिक प्रस्तुति तथा आदिवासी जनजातिका विशेष प्रस्तुतिका कारण स्थानीयको रोजाईमा परेको हो ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा गतमंगलबारदेखि ३० गतेसम्म आयोजित विभिन्न जातजातिका छुट्टाछुट्टै स्टल राखिएको तथा देश तथा विदेशका विभिन्न व्राण्डका सामग्री शुपथ मूल्यमा पाइएसँगै स्थानीयको आकर्षण बढ्नै गएको हो । महोत्सवमा ७१ स्टल रहेको मेला सञ्चालक नारायण अधिकारीले बताए ।

त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघले जनाएको छ । त्यस्तै खेल तमासा, बाल उद्यान, अटोमोबाइल्स, आइटी लगायतका व्यावसायिक स्टलहरु रहेको मेला आयोजक समितिका सञ्जय महत्तोले बताए ।

महोत्सवमा द एलिमेन्ट बेन्ड, सविन राईको बेन्ड, पूर्ण राईको बेन्ड, सपना सुमनको बेण्डसँगै कलाकारहरु शान्तिश्री परियार, ज्योति मगर, मेलिना राई, एलिना चौहान, राजनराज शिवाकोटी लगायत आउने मेला सञ्चालक नारायण अधिकारीले बताए । महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here