ब्राउन सुगरसहित दुई जना पक्राउ

0
7

विराटनगर।

मोरङ र झापाको दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका १२ का २३ बर्षीय शौरभ सोनी र झापाको दमक नगरपालिका ९ का २६ बर्षीय पासाङ तामाङ रहेका छन् । विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागूऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोनीलाई ब्राउन सुगर ०.५७ ग्राम सहित पक्राउ गरिएको थियो ।

यता झापाको दमक नगरपालिका ८ स्थित सब्जीलाईनबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई लागूऔषध ब्राउन सुगर दुई ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here