‘सहकारी सञ्चालकको खराब नियत र सञ्चालन सम्बन्धी ज्ञानको अभाव’

0
7

कमल ।

कोशी प्रदेशका समामुख अम्बरबहादुर विष्टले कतिपय सहकारी सञ्चालकहरुमा नियत खराव र सहकारी सन्चालन सम्बन्धीको ज्ञानको अभावका कारण सहकारी धारासायी बन्दै गएको बताए ।

कोशी प्रदेश थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले नियम विपरित चलेका एकदुई बटा खराव सहकारीको हल्लाका पछि लागेका कारण कतिपय सहकारीले चुनौतीको समाना गर्नु परिरहेको बताए । सहकारी भित्र राजनिती प्रवेश गरेका कारणले समेत सहकारीहरु समस्यामा परेको बताउदै आगामी दिनमा त्यसलाई सुधार गर्नेतर्फ आफुलाग्ने सभामुख विष्टले बताए ।

त्यसैगरी कोशी प्रदेशका सभासद होमबहादुर थापाले सहकारी मिलेर अघि बढ्नु पर्ने बेला आएको छ । यस्तो अवस्थामा विशिष्टिकृत सहकारी संघ मार्फत धेरै कार्यक्रमहरु सदस्य माझ लानसकिन्छ जसले गर्दा सदस्यलाई उत्पादनमा जोड्न सकिने छ भने सहकारी मार्फत उत्पादनगरी विक्रिवितरण गरिका बस्तु स्वस्थ्य र गुणस्तर हुनुपर्छ भन्ने तर्फ अबका दिनमा सहकारीहरुले ध्यान दिनुपर्ने बेला आएको सभासद थापाले बताए

कार्यक्रममा कृषि केन्द्रिय संघकी उपाध्यक्ष मिना ढकाल ,बचत तथा ऋण सहकारी संघका झापा अध्यक्ष तुलाराम न्यौपाने लगायतले साधारण सभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

सस्थाका अध्यक्ष महेन्द्र गिरीले प्रतिवेदन प्रस्तुत गर्दै सस्थाले अहिले हाल चिया, मह र तोरीको तेल उत्पदनगरी सदस्यमाझ विक्रि वितरण गरिरहेको र आगामी दिनमा बेसार, फापरको पिठो, मकैको चामल लगायतमा बस्तु बजारी करण गर्ने लक्ष्य लिएको बताए ।

कार्यक्रम संघका सचिव प्रेम सापकोटाले सन्चालन गरेका थिए भने उपाध्यक्ष टिकदत्त वनले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here