सोहराय पर्वको अवसर बाह्रदशीले दियो स्थानीय विदा

0
15

झापा । सन्थाल समुदायले मनाउँदै आएको महान चाड सोहराय पर्वको अवसर पारेर बाह्रदशी गाउँपालिकाले स्थानीय बिदा दिएको छ । माघ १५ गते सोमवार पर्वको अवसर पारेर स्थानीय बिदा दिइएको गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँईले बताए ।
गतमाघ ४ गते बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार पर्वको अवसर पारेर १५ गतेलाई सार्वजनिक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले बताए । विदाका दिन बाह्रदशी गाउँपालिका र मातहतका शाखा, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी तथा केन्द्रहरु विदा रहने गाउँपालिकाद्वारा जारी गरिएको सर्बजनिक सूचनामा उल्लेख छ ।

के हो ‘सोहराय’ पर्व

सोहराय पर्व सन्थाल जातिहरूको धार्मिक पर्व हो । सन्थालहरूको चाड सँगसँगै अन्नवाली संरक्षण र गाईवस्तुहरूको सम्मान गर्ने पर्वका रुपमा समेत यो पर्वलाई लिइने गरिएको छ । सोहराय शब्दको उत्पत्ति ‘साहाराय’ बाट अपभ्रम्स भएर ‘सोहराय’ भएको हो । सन्थाल समुदायले यो पर्व छ दिनसम्म मनाउने गरेको नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशीका सचिव शिव मुर्मूले जानकारी दिए । उनका अनुसार सोहरायको पहिलो दिनलाई ‘उम’ भनिन्छ भने दोस्रो दिनलाई ‘दाका’, तेस्रो दिनलाई ‘खुन्टौ’, चौथो दिनलाई ‘जाली’, पाँचौँ दिनलाई ‘हाकुकाद्कम’ र छैठौँ दिनलाई ‘साकरात’ भनिन्छ । नेपालमा बसोबास गर्ने सन्थाल समुदायले यो पर्व गाउँको समय अनुकूल पुस महिनाको अन्तिममा मनाउँछन् भने कसैले माघ महिनाको पूर्णिमा र कसैले फागुनको पूर्णिमासम्म मनाउने गरेका छन् । सन्थाल समुदायले यो पर्व ‘सारना’ (बिदिन) धर्म अन्तर्गत रहेर यो पर्व मनाउने गरेको नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशीका सचिव शिव बताउँछन् ।

‘सोहराय’ पर्वमा प्रजातन्त्र सेनानीदेखि खेलाडीसम्मलाई सम्मान गरिँदै

नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशीले ‘सोहराय’ पर्बको अबसरमा प्रजातन्त्र सेनानी बुधलाल टुडूलाई सम्मान गर्ने भएको छ । बाह्रदशी–३स्थित पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच प्रजातन्त्र सेनानी टुडूलाई सम्मान गर्न लागिएको हो । बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँईको प्रमुख आतिथ्यमा हुने कार्यक्रमकाबीच बाह्रदशी–७ निवासी टुडूलाई सम्मान गरिने नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशीका सचिव शिवु मुर्मूले बताए ।
त्यस्तै खेलकुद क्षेत्रमा विशिष्ठ योगदान पु¥याएको भन्दै तीन जना खेलाडी र एक जना सञ्चारकर्मीलाई सम्मान गरिने मुर्मूको भनाइ छ । सम्मानित हुने खेलाडीहरुमा शहीद स्मारक ए डिभिजनका खेलाडी श्याम मुर्मू, नेपाल पुलिस क्लवका खेलाडी सन्तोष हेमरम, शहीद स्मारक वी डिभिजनका खेलाडी गणेश हेमरम रहेका छन् ।
त्यस्तै सृजन मिडिया इन्टरटेन्टमेन्ट प्रालिका सञ्चालक बुधला किस्कूलाई सम्मान गरिने कार्यक्रम रहेको बताइएको छ । यता सोहराय पर्वका अवसरमा वाह्रदशीमा नायके बाबाद्वारा उम पूजाका दृष्य प्रस्तुत गरिने, दाका, खुम्टौं विज्हा तुञ(वाण धनुष)प्रतियोगिता, सोहराय सम्वन्धी आधुनिक नृत्य, मौलिक लोक नृत्य प्रस्तुत गरिने नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशीका अध्यक्ष लखीराम किस्कूले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here