माईमा सहकारी शिक्षा तालिम शुरु

0
11

माई ।

इलामको माइ नगरपालिकामा रहेको साना किसान महिला कृषि सहकारी संस्था लिमिटेडमा दुई दिवसीय सहकारी शिक्षा तालिम आईतबार शुरु भएको छ ।

संस्थाका अध्यक्ष कल्पना थापा मगरको अध्यक्षतामा भएको तालिममा सहकारीको वास्तविक मूल्य र मान्यताका विषयमा सिकाई आदन प्रदान हुने उपाध्यक्ष रञ्जना थापाले जानकारी दिनुभयो ।

साना किसान महिला कृषि सहकारी संस्था अन्तरगत महिला समुहका ४० जना सदस्यको सहभागिता रहेको सो प्रशिक्षणमा माई नगरपालिका सहकारी शाखाका प्रमुख हिमाल मिश्रले तालिम प्रदान गर्दै रहनु भएको सहकारीका सहप्रबन्धक सिर्जना खवास मगरले जानकारी दिनुभयो ।

तालिममा सहकारी संस्थामा शेयर सदस्यको भूमिका, सदस्यको काम, कर्तव्य र अधिकार, बचत गर्दाको फाइदा बेफाइदा, सहकारी आफैले उत्पादन क्षेत्रमा लगानी गरेर शेयर सदस्यलाई आय आर्जनमा लगाउन सकिने, गैर सदस्यलाई सेवा दिने, निर्णय प्रक्रियामा चल्नुपर्ने र नियमित बचत जस्ता सहकारी शिक्षाका बारेमा प्रशिक्षक मिश्रले प्रष्ट पार्नु हुनेछ ।

कार्यक्रममा सहकारीको उद्देश्य, महत्व, नीति नियम, कानुनलाई प्रष्ट पार्दै प्रशिक्षक मिश्रले प्रदान गर्दै रहनु भएको साना किसान महिला कृषि सहकारीका व्यवस्थापक दिपक मगरले जानकारी दिनुभयो । सहकारीमा माई नगरपालिका भित्रका एक हजार दुई सय ८ जना महिला आबद्ध रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here