नेपाल व्यवसायी संघ कतारको दोस्रो साधारण सभा, अध्यक्षमा महेन्द्र

0
14

झापा ।

कतार सरकारद्धारा मान्यता प्राप्त पहिलो र एकमात्र सामाजिक संस्था नेपाल व्यवसायी संघ कतारको दोस्रो साधारण सभा शुक्रबार दोहास्थित होटल वेष्टीनमा सम्पन्न भएको छ ।

साधारण सभाले महेन्द्र प्रसाद चम्लागाईको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । सन २०१८ मा स्थापित संघको संस्थापक अध्यक्ष चम्लागाई दोस्रो कार्यकाल २०२४-२०२८ का लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता एवं कतारस्थित नेपाली राजदूतावासका नियोग उप९प्रमुख कुमार राईको विशिष्ठ आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहको सभापतित्व संघका अध्यक्ष चम्लागाईले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले संघद्धारा गरिएका कार्यहरुको संक्षिप्त चर्चा गर्दै उच्च प्रशंसा गरेका थिए । ढकालले भने, ‘आगामी दिनमा महासंघ र संघ वीच परस्पर सहकार्य गर्नुपर्ने अपरिहार्य रहेको छ । ताकी नेपाल सरकार द्धारा मान्यता प्राप्त व्यवसायीहरुलाई नेपाल सरकार कै अर्को निकायले पहिचान नगर्ने व्यवहारलाई चिर्न सजिलो होस ।’

नियोग उपप्रमुख राईले सम्बोधन गरेको कार्यक्रम संघका उपाध्यक्ष नरेन्द्र भाटको स्वागत मन्तव्यबाट शुरुवात भएको थियो भने संघका संरक्षक संयोजक डा देवकाजि डंगोल, संरक्षक बद्रि प्रसाद पाण्डे, संघका सल्लाहकार प्रोफसर रमजान अलि मिया, उपाध्यक्षहरु क्रमशः आरके शर्मा, सागर नेपाल, राज रेग्मी, माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विशम्भर न्यौपाने, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल लगायतले बन्द सत्रलाई सम्बोधन गरेका थिए ।

संघका संरक्षक बद्रि पाण्डेको संयोजन तथा संघका उपाध्यक्ष सागर नेपाल र सदस्य होमनाथ शर्मा सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले अध्यक्षमा चम्लागाई, उपाध्यक्षहरुमा नरेन्द्र बहादुर भाट, राजेन्द्र कुमार शर्मा (आर. के.), राजु रेग्मी (राज), प्रकाश कोईराला र रमेश भट्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

त्यस्तै सचिवहरुमा सुनिल कुमार घिमिरे, राजेन्द्र देवकोटा र पूर्ण बहादुर पोखरिया र कोषाध्यक्षमा चुडामणी कार्की र सह-कोषाध्यक्ष राम कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।

कार्यसमिती सदस्यहरुमा क्रान्ति सिंह, रामु रेग्मी, राम चन्द्र पन्थ, कमल प्रसाद न्यौपाने, टंक बहादुर खड्का (अर्पण), श्रीकृष्ण भट्टराई, राकेश श्रेष्ठ, मन्जु खनाल, नारायण प्रसाद शर्मा र वसिम अक्रम गरि १० जना निर्वाचित भएका छन भने ३ जना सदस्यहरु अध्यक्षको सिफारिमा कार्यसमितिको पहिलो बैठकले मनोनित गर्नेछ । उक्त कार्यसमिति सदस्यहरुमध्येबाट आफ्नो सिफारिसमा एक जना प्रवक्ता मनोनय गरीने अध्यक्ष चम्लागाईले जानकारी दिए ।

यसैविच संघले संस्था स्थापनाकाल देखि हाल सम्म अनवरत रुपमा उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै निवर्तमान महासचिव रमेश भट्ट, सचिव शुनिल घिमिरे, प्रचार प्रसार विभाग उप९प्रमुख एवं मिडिया संयोजक दिपजंग शाह ठकुरी र प्राविधिक तर्फ संघ भन्दा बाहिर भए पनि संघलाई पुर्याएको योगदानको उच्च कदर गर्दै नवराज श्रेष्ठलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरेको थियो ।

संघका महासचिव रमेश भट्टले सहजिकरण गरेको कार्यक्रममा अर्जुन कुवर, रश्मी सेन्चुरी, एन्जल राई, ललिता लामा लगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here