सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन सकेन् : कार्की

0
8

कमल ।

नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा कोशी प्रदेशका प्रदेश सभा सदस्य हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार कमजोर भएका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर हुन नसकेको बताएका छन् ।

झापाको कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको ५६ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा बताए । अहिले पनि सामुदायिक विद्यालयको भौतिक अवस्था अत्यन्तै कमजोर छ । त्यसको निर्माणका लागी आफू मुख्यमन्त्री भएको बेला बिभिन्न ठाममा पहल गरेको थिए अब त्यसको नतिजा प्राप्त हुन लागेको छ ।

त्यस्तै सामुदायिक विद्यालय भनेका जनताका छोराछोरी पढ्ने विद्यालय भएकोले निजी विद्यालय सँग प्रतिष्पर्धा गर्ने गरी भौतिक पूर्वाधारका साथै प्रयोगशाला र आइसिटी ल्याब समेत गुणस्तर हुनुपर्ने प्रदेश सभा सदस्य कार्कीले बताए ।

त्यस्तै विद्यालयले किताबी ज्ञानका साथै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न कार्यक्रम सञ्चालन गरेर विद्यार्थी भित्र रहेका आन्तरिक क्षमतालाई प्रस्फुटन गराएकोमा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले विद्यालयलाई धन्यवाद दिईन् ।

त्यसैगरी वातावरणका साथै बालमैत्री वातावरणमा पठन पाठन गराउनका लागी शिक्षक कर्मचारी लाग्नु पर्ने हुन्छ यसका लागी हरेक अभिभावकले सहयोग गर्नुपर्ने समेत उपाध्यक्ष न्यौपानेले बताईन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारीले विध्यालय को संक्षिप्त गतिविधि प्रस्तुत गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी सबै लाग्नु पर्ने बताए ।

विद्यालयले आफ्नो ५६ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा उत्कृष्ट शिक्षक तथा विद्यार्थी लाई सम्मान तथा पुरस्कृत गरिएको थियो । यसरी सम्मानित तथा पुरस्कृत हुने शिक्षकहरु मा सीताराम भट्टराई, भिमचन्द्र न्यौपाने, दिपेन्द्र पौडेल, विजय सापकोटा, अन्जु गुरुङ्ग र भविता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

त्यस्तै विद्यार्थी तर्फ स्वर्गीय रूपनारायण होमनाथ गुरागाँई स्मृति अक्षयकोष बाट नगद एक हजार पाँचसय तथा प्रमाण पत्र द्वारा नवीन भुजेल कक्षा १, करिश्मा थापा मगर कक्षा ४, सम्पन्न पोख्रेल कक्षा ६ , सोनाम थापा कक्षा ८ , आस्था नेम्वाङ कक्षा १० र निरज न्यौपाने कक्षा १२ लाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी विद्यालयले सञ्चालन गरेका अतिरिक्त क्रियाकलाप तर्फ उत्कृष्ट विद्यार्थी लाई ट्रफी र प्रमाण पत्र द्वारा पुरस्कृत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारीले विद्यालयको संक्षिप्त गतिविधि प्रस्तुत गरेका थिए भने पूर्व विद्यार्थी समाजका सचिव त्रिलोचन गौतम, लक्ष्मि नारायाण माध्यमिक विद्यालय धरमपुरका शिक्षक कुमार खतिवडा, साहित्यकार बलिभद्र कोइराला, पूर्व प्रधानाध्यपक नारायणप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाको अध्यक्षता सम्पन्न कार्यक्रम शिक्षक भिमचन्द्र न्यौपाने र भवानी रेग्मीले सञ्चालन गरेका थिए भने शिक्षक सीताराम भट्टराईले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here