ब्राउनसुगरसहित चार जना पक्राउ

0
8

बिराटनगर ।

मोरङ र झापाका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर–१५ बाट १९.३३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको तथा घटनामा संग्लग्न रहेकी बिराटनगर–१६ की ३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो ।

त्यस्तै मोरङकै पथरी शनिश्चरे नगरपालिका–४ बाट स्थानिय ३३ बर्षीय चित्रकुमार रणपाल(बि.क) लाई २५ ग्राम ब्राउनसुगर, बिभिन्न कम्पनीका–५ थान मोबाइल र डिजिटल तराजु एक थानसहित ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यता लागूऔषध नियन्त्रण ब्युरो कांकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट बुद्धशान्ति गाउँपालिका–५ का २२ बर्षीय स्मार्ट थेवेलाई एक ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here