झापामा दिनहुँ चोरीका घटना

0
9

झापा ।

गत पुस २९ गते राति बाह्रदशी–३ स्थित मनिष राजवंशीको घरबाट २२ तोला सुन र ८५ तोला चाँदी गरी लगभग ३५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भयो । घरको कम्पाउन्ड वाल नाघेर छिरेका चोरहरुले घरको मूल ढोकासहितभित्र लगाइएका दुईवटै कोठाको ढोका फुटाएर सुनका गरगहना चोरी ग¥यो ।

श्रीमती माइती घर (झापा गाउँपालिका) गएका बेला बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना गरिएको भक्का दिवसमा सहभागी हुन मनिष राजगढबाट बिर्तामोड आएका थिए ।

बिर्तामोड आएका मनिष सो रात घर फर्किएनन् । उनी पुस १ गते घर पुग्दा घरमा लगाइएको ताला फुटाएर चोरले सबै गहरगहना लगेको थाहा पाएसँगै नजिकै रहेको इलाका प्रहरी कार्यालय राजगढलाई खबर गरे । तर, प्रहरीले अहिलेसम्म चोरीमा संलग्न गर्ने व्यक्तिको पहिचान गर्न सकेको छन् ।

सोमवारराति मात्रै सोही प्रवृत्तिले हल्दिबारीमा रहेको एक सहकारी र दूध सङ्कलन केन्द्रमा चोरी भएको छ । हल्दिबारी गाउँपालिका–४ स्थित जलथल साना किसान सहकारी संस्थामा चोरी भएको हो । हुलाकी मार्गले छोएका यी दुवै ठाउँमा करिव पाँच किलोमिटरको दुरीमा पर्छन् ।

चोरले सहकारीको कार्यालयभित्र रहेको भल्ट फुटाएर नगद १ लाख २५ हजार लगेको छ । त्यस्तै दूध सङ्कलन केन्द्रको २६ हजार समेत चोरी गरेको छ । चोरीमा सम्लग्नको खोजी कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजगढ र जलथलमा भएका चोरीका घटना प्रतिनिधि माात्रै हुन् । अहिले झापामा दिनहुँ जसो चोरीका घटना हुने गरेका छन् । केही समय अघिसम्म शहरी क्षेत्रमा चोरी हुँदै आए पनि अहिले ग्रामीण क्षेत्रमा चोरीका घटना बढेका हुन् ।

विशेषगरी ग्रामीण क्षेत्रका बजार एरियामा चोरीका घटना घट्न बढ्न थालेका हुन् । त्यसो त अहिले पनि शहरी एरिया बिर्तामोड, दमक, भद्रपुर, काँकरभिट्टा लगायतका क्षेत्रमा दिनहुँजसो चोरीका घटना घट्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here