इलाम ।

इलामको माई नगरपालिकामा पञ्चवर्षीय आवधिक योजना निर्माण सम्बन्धी अन्तरक्रिया वुधवार सम्पन्न भएको छ।
माई नगरपालिका इलामको आयोजना तथा रिसर्च इक्रवेब प्रालि काठमाडौंको सहजीकरण सम्पन्न अन्तकृया कार्यक्रममा माई सामाजिक, आर्थिक, सांस्कृतिक, मानवीय लगायत समग्र विकासको लागि उपलब्ध सीमित स्रोत साधनको आर्दशतम र महत्वम रूपमा बाँडफाँड गरी अपेक्षित रूपमा प्रतिफल प्राप्त गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। आर्थिक वर्ष २०८१/०८२ देखि आर्थिक बर्ष २०८५/०८६ सम्म गरिने पञ्चवर्षीय योजना निर्माणका विषय अन्तरकृया केन्द्रित भएको हो।

माई नगरपालिकाको विकासको लागि दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति, प्राथमिकता, क्षेत्रगत, विषयगत लक्ष्य, उद्देश्य, प्राथमिकता, कार्यक्रम र अपेक्षित प्रतिफल समेटिएको पूर्व निर्धारित दस्ताबेज निर्माणका विषयमा अन्तरक्रिया भएको प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।
सहजीकरण संस्थाका द्वय प्रशिक्षक विमल पोख्रेल र दुर्गा पोख्रेलले सहजीकरण गर्नु भएको कार्यक्रममा विषयबस्तु केन्द्रीत मन्तब्य माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बु, उपप्रमुख हिमा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा लगायतले राख्नु भएको थियो।

अधिकार प्राप्त निकायबाट तर्जुमा र स्वीकृत गराई कार्यान्वयनमा लगिने पूर्व निर्धारित खाका वा दस्ताबेज नै विकास योजना तर्जुमा हो। यसको निर्माणमा नगर कार्यपालिका, नगरका सम्पुर्ण शाखाका प्रमुखहरु, दशवटै वडा सचिवहरु लगायत ४५ जनाको सहभागिता रहेको थियो।































