कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको पहलमा विदेशमा अलपत्र रहेका अजित घर फर्किए

0
7

झापा । 

झापाको चन्द्रगढीका ३४ वर्षीय अजित राजबंशी दुबईमा विरामी परेर अलपत्र भएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा नेपाल ल्याइएको छ ।

परिवारको अवस्था नाजुक भएपछि पैसा कमाउन विदेश गएका भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीका राजबंशी दुबईमा विरामी परेर अलपत्र भएपछि संघीय सांसद शर्माको पहलमा बुधबार राति उद्दार गरी नेपाल ल्याइएको हो । दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले केहि दिनअघि राजबंशी विरामी भएको कुरा सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर सांसद शर्मालाई लिंक पठाएका थिए । सांसद शर्माले उक्त लिंक हेरेपछि राजबंशीको उद्वार भएको हो ।

सांसद शर्माले दुबई स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष भवानीप्रसाद तिम्सिनालाई सम्पर्क गरेर राजबंशीको जसरी भएपनि उद्वार गर्न आग्रह गरेका थिए । त्यसपछि जनसम्पर्क समितिले तत्काल राजबंशीको नेपाल फर्किने प्रक्रिया सुरु गरेको थियो ।

कम्पनीको असहयोग, कानुनी र व्यवहारिक जटिलताका कारण करिव एक महिनापछि राजबंशी माघ १७ गते काठमाडौँ आइपुगेका हुन् । राजबंशीलाई दुबईको एयरपोर्टबाट युएइका अध्यक्ष तिम्सिनाले बिदाइ गरेका थिए भने काठमाडौंको एयरपोर्टमा सांसद शर्माका तर्फबाट प्रज्वल कोइराला, प्रकाश ढुंगेल, अमर रिजाल र रोशन घिमिरेसहित समितिका सदस्यहरुले स्वागत गरेका थिए ।

राजबंशी विहीबार दिउँसो चन्द्रगढी स्थित घर आईपुग्ने बताइएको छ । भद्रपुर–१० नम्बर वडा सांसद शर्माकै क्षेत्र हो । शर्माले यसअघि विदेशमा अलपत्र रहेका मेचीनगर लगायत झापाका विभिन्न ठाउँका युवा–युवतीहरुलाई उद्वार गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here