ताईवान् बारेमा नबोल्न अमेरिकालाई चिनियाँ घुर्की

0
6

बेइजिङ,

वरिष्ठ चिनियाँ कूटनीतिज्ञ वाङ यीले चीन र अमेरिकाले एकअर्कालाई समान व्यवहार गर्नुपर्ने र मतभेद चर्काउनुभन्दा साझा आधार खोज्नुपर्ने बताएका छन् । यीले चीन र अमेरिकाले एकअर्काप्रति अहंकार देखाउनु र एकअर्काको मुख्य हितलाई कमजोर पार्नुको सट्टा आपसी सम्बन्धलाई इमान्दारीपूर्वक सम्मान गर्नुपर्ने बताउनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले शुक्रबार र शनिबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग वार्ता गर्नुभएको छ। यो बैठक सान फ्रान्सिस्कोमा भएको थियो, त्यसपछि चिनियाँ नेताको यो बयान आएको हो ।

वाङ यीले अमेरिकाले एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिलाई पालना गर्नुपर्ने बताए। संयुक्त राज्य अमेरिकाले ‘ताइवान स्वतन्त्रता’ लाई समर्थन नगर्ने र चीनको शान्तिपूर्ण पुनर्मिलनलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्नुपर्छ। यसरी दुई देशबीचको सम्बन्ध सुधार्न सकिन्छ ।

वाङ यी वाङले जेक सुलिभानसँगको भेटमा ताइवान चीनको आन्तरिक मामिला भएको कुरामा जोड दिए। ताइवानको चुनावले ताइवान चीनको हिस्सा होइन भन्ने तथ्यलाई परिवर्तन गर्न सक्दैन। उनले ताइवानको स्वतन्त्रताको मुद्दा चीन-अमेरिका सम्बन्धका लागि ठूलो खतरा हुनसक्ने बताए।

चीनको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सान फ्रान्सिस्को बैठकले चीन-अमेरिका सम्बन्धका महत्वपूर्ण र संवेदनशील विषयहरूलाई सही ढंगले समाधान गर्न स्पष्ट र फलदायी रणनीतिक वार्ताको नेतृत्व गरेको बताएको छ।

अर्कोतर्फ ह्वाइट हाउसले अधिकारीहरूबीचको भेट दुई देशबीच खुला वार्ता कायम गर्ने प्रयासको हिस्सा भएको जनाएको छ । सुलिभानले अमेरिका र चीनबीच प्रतिस्पर्धा हुँदाहुँदै पनि दुवै देशले यसलाई द्वन्द्व वा टकरावमा परिणत हुनबाट रोक्न आवश्यक रहेकोमा जोड दिए। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here