बिर्तासिटीका डा. बेल्वासेलाई स्वीरजरलेण्डबाट एओ ट्रमा फेलोसिप

0
18

झापा । हाड जोर्नी प्रत्यारोपण तथा दूरविन प्रविधिबाट नशा रोगको उपचार गर्ने नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त नेपालकै पहिलो विशेषज्ञ डा. हुन् रुपेश जङ्ग बेल्वासे।
नेपाल मेडिकल कलेज काठमाडौंबाट सन् २०१३ मा एमबीबीएस गरेका डा. बेल्वासेले सन् २०१८ मा बनारस हिन्दु विश्व विद्यालयबाट एमएस गरेका थिए । उनले हाड जोर्नी प्रत्यारोपण तथा दूरविन प्रविधिबाट नशा रोगको फेलोसिप अष्ट्रियबाट गरेका हुन् । भारतको अपोलो अस्पताल नयाँ दिल्लीमा समेत काम गरेको उनमा अनुभव छ ।
बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा विगत साढे चार वर्षदेखि कार्यरत डा. बेल्वासेले यही वर्ष एओ ट्रमा फेलोसिप (स्वीरजरलेण्ड)बाट जारी गरिने छात्रवृत्ति प्राप्त गरेका हुन् । युरोपबाट पाएको एओ ट्रमा फेलोसिप लिएका डा. बेल्वासेले अब जटिल रोगको समेत अझ सरल तरिकाबाट उपचार गर्ने भएका हुन् । यही फेलोसिपका क्रममा उनले हंगेरी र जर्मनीमा पनि सिक्ने अवसर पाएका थिए ।
बिर्तासिटी अस्पतालमा कार्यरत डा. बेल्वासेले यस अघि पनि छिनेका हाता जोडेका थिए । विरामीको छिनेको हात शल्यक्रियाका माध्यमबाट जोडर सफल उपचार गरेसंगै डा. बेल्वासेको चर्चा पूर्बमा चुलिएको थियो ।
डा. बेल्वासेले बिर्तासिटी अस्पतालमा हालसम्म पाँच हजार भन्दा धेरै विरामीको सफल उपचार गरिसकेका छन् । काठमाडौं स्थायी घर भएका डा. बेल्वासेसंग उपचार लिने सेवाग्राहीमा सबैभन्दा धेरै हात खुट्टा भाँचिने र नसा काटिनेहरु रहेका छन् । यसैगरी डा. बेल्वासेकहाँ सेवा लिन आउनेहरु मेरुदण्ड, दुरविनबाट उपचार र जोर्नी प्रत्यारोपणका रहेका छन् ।
एओ ट्रमा फेलोसिप (स्वीरजरलेण्ड)बाट प्राप्त गरी यो उपाधि पाउने डा. बेल्वासे झापाका लागि जिल्लाकै पहिलो हाडजोर्नी विशेषज्ञ डा. हुन् । हाडजोर्नी सम्वन्धि युरोपबाट एओ ट्रमा फेलोसिप प्राप्त गरेसंगै आगामी दिनमा यो अस्पतालबाट सेवाग्राहीलाई अझ सरल तरिकाले उपचार प्रदान गर्न सहज हुने अस्पतालका ब्यवस्थापक विनोद वस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here