काठको मुङ्ग्रो र फलामको ह्यामरले टाउकोमा प्रहार गर्दा…

0
7

बिर्तामोड ।

झापाको बुद्धशान्ति ३ स्थित पाथीभरा ब्लक उद्योगमा कार्यरत मजदुरको सहकर्मीको कुटपिटबाट मृत्यु भएको छ ।

पाँचथर याङवरक–६ घर भइ उक्त उद्योगमा मजदुरी गर्ने बिक्रम सेनेहाङको मृत्यु भएको हो । शुक्रबार साँझ सोहि उद्योगमा कार्यरत शिवसताक्षी ८ पोखरी टोल घर भएका १९ बर्षीय मिलन पुरकोटीले सामान्य विवादमा सेनेहाङलाई काठको मुङ्ग्रो र फलामको ह्यामरले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

सहकर्मीको प्रहारबाट गम्भीर घाइते भएका सेनेहाङलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा थप उपचारका लागि राति साढे ११ बजे नोबेल अस्पताल रेफर गरिएको थियो । राति साढे दुई बजे नोबेल अस्पताल पुर्याइएको उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेनेहाङलाई प्रहार गर्ने पुरकोटीलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here