गुम्बा निर्माण सहयोगार्थ मदनपुरमा वृहत सांगीतिक कार्यक्रम सम्पन्न

0
14

अर्जुनधारा ।

नेपाल तामाङ घेदुङ संघ अर्जुनधारा र ज्याङ्छुप छ्योङलिङ गुम्बा व्यवस्थापन समितिको संयुक्त आयोजनामा झापाको अर्जुनधारा–१स्थित मदनपुरमा शनिबार वृहत सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

सोनाम ल्होछार २८६०लाई लक्षित गरि निर्माणाधीन गुम्बा निर्माण सहयोगार्थ गुम्बा परिसरमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तिलचन पाठक “चिन्तन”ले उद्घाटन गरेका थिए ।

संघका अध्यक्ष वृखबहादुर गोले तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय कलाकारद्वय रचना रिमाल र आसमान लोप्चनसँगै राष्ट्रियस्तर तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको संघका सहसचिव धनबहादुर तामाङले जानकारी दिए ।

सोही कार्यक्रममा नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शक्तिचक्र संघका केन्द्रीय उपसचिव आनी माङ्चेन डोल्मा पाख्रिनले आर्शिवचन दिएकी थिइन् । गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर गोले तामाङले औचित्यसहित स्वागत गरेको कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन संयुक्तरुपमा पत्रकार तिलक योञ्जन र चाँदनी गोले तामाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here