वडास्तरीय फुटबल प्रतियोगितामो अर्जुनधारा–३ र ११ विजयी

0
11

अर्जुनधारा ।

झापाको अर्जुनधारामा जारी दोस्रो यू–१८ वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा अर्जुनधारा–३ विजयी भएको छ ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा भएको खेलमा अर्जुनधारा–१लाई टाइब्रेकरमा २–४ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–३ विजयी भएको हो ।

निर्धारीत समयको खेलमा दुवै टिमबाट १–१ गोलको बराबरमी खेल सम्पन्न भएपछी खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलको क्रममा अर्जुनधारा–३को लागि ३०औं मिनेटमा पेनाल्टीमार्फत् प्रतीक कन्दङवाले र अर्जुनधारा–१को लागि खेलको ६०औं मिनेटमा गणेश गजमेरले गोल गरेका थिए ।

विजयी टिमका गोलरक्षक सौरभ वि.क. खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई रेफ्री संघ कोशी प्रदेशका महासचिव प्रदीपकुमार बस्नेतले नगद पुरस्बाट पुरस्कृत गरेका थिए ।
त्यसैगरी सोही दिन सम्पन्न प्रतियोगिताको अर्को खेलमा साविक विजेता अर्जुनधारा–६ लाई ०–१ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–११ विजयी भएको छ ।

अर्जुनधारा–११को जीतको लागि खेलको १०औं मिनेटमा सलिन लिम्बूले गोल गरेका थिए । उक्त खेलको उत्कृष्ट खेलाडी घोषित सुसन खवासलाई झापा जिल्ला फुटबल संघका कोषाध्यक्ष भूपेन लिम्बूले नगद पुरस्बारबाट पुरस्कृत गरेका थिए ।

यसैबीच आयोजक शनिश्चरे फुटबल क्लबलाई झापा जिल्ला फुटबल संघका कोषाध्यक्ष लिम्बू र रेफ्री सन्तोष दनुवारबाट कर्नर फ्ल्याग र चेञ्जिङ बोर्ड प्राप्त भएको थियो । दाताद्वय लिम्बू र दनुवारले उक्त सामग्रीहरु क्लबका अध्यक्ष सुमन गिरीलाई हस्तान्तरण गरेका थिए ।

आइतबारको पहिलो खेल १२ः३० बजे अर्जुनधारा–७ र अर्जुनधारा–१० तथा दोस्रो खेल २ः३० बजे अर्जुनधारा–२ र अर्जुनधारा–८बिच हुने बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here