अर्जुनधारा–१० र ८ सेमिफाइनलमा

0
7

अर्जुनधारा ।

झापाको अर्जुनधारामा जारी दोस्रो यू–१८ वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा अर्जुनधारा–१० र अर्जुनधारा–८ पुग्न सफल भएको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा आइतबार सम्पन्न भएको पहिलो खेलमा अर्जुनधारा–७ लाई ०–१ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–१० सेमिफाइनल पुग्न सफल भएको हो ।

अर्जुनधारा–१०को जीतको लागि खेलको ३०औं मिनेटमा मिलन नेम्वाङले गोल गरेका थिए । उक्त खेलको उत्कृष्ट खेलाडी घोषित नेम्वाङलाई अर्जुनधारा नगर सभा सदस्य देवकुमार राईले नगद पुरस्कारबाट पुरस्कृत गरेका थिए ।

त्यसैगरी दोस्रो खेलमा अर्जुनधारा–२लाई ०–३ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–८ सेमिफाइनलमा पुग्न सफल भएको हो ।

अर्जुनधारा–८को जीतको लागि खेलको सातौं मिनेटमा निखील तामाङ, १८औं मिनेटमा समिर हेमरम र २१ औं मिनेटमा प्रकाश हस्दाले गोल गरेका थिए । उक्त खेलको उत्कृष्ट खेलाडी घोषित निखील तामाङलाई आयोजक शनिश्चरे फुटबल क्लबका सचिव हरि गुरुङले नगद पुरस्कारबाट पुरस्कृत गरेका थिए ।

सोही खेलको क्रममा सामान्य विवादपछि अभद्र व्यवहार गर्ने अर्जुनधारा–२का आयुष समाल मगरलाई मुख्य रेफ्री सन्तोष दनुवारले रातो कार्ड देखाएका थिए । यता विवादमा संलग्न अर्का खेलाडी अर्जुनधारा–८ का क्षीतिज अधिकारीलाई पनि पहेलो कार्ड देखाइएको थियो ।

प्रतियोगिता अन्र्तगत सोमबारको पहिलो खेल १२ः३० बजे अर्जुनधारा–३ र अर्जुनधारा–४ तथा दोस्रो खेल २ः३० बजे अर्जुनधारा–९ र अर्जुनधारा–११ बीच हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here