दुई माेटरसाइकल एक आपसमा ठोकिदा ४० फिट भन्दा तल पुलबाट झर्‍यो

0
8

पथरीशनिश्चरे,

मोरङकाे उर्लावारी नपागरपालिका-० ७ काे शाखा मावा पुलबाट दमक बाट उर्लावारी तर्फ आउदै गरेको माेटर साइकल एक आपसमा ठाेकिदा दुर्घटना भएको छ ।

दुर्घटनामा ११ प ४८६८ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको अर्को ३३ प ६२४६ नम्बरको माेटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ पुलको पूर्व साईडको छेउबाट दुबै माेटरसाइकल पुल मुनि झरेका थिए।

घटना लगत्तै इलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली खटी घाइतेकाे उद्दार गरि उपचारको लागि अरनिको अस्पताल उर्लावारी पठाई उपचार भएकाे थियाे । चार जनाको अवस्था मध्यम रहेकाे र दुइवटा माेटरसाइकल ईप्रका उर्लावारीले नियन्त्रणमा लिएकाे छ ।

३३ प ६२४६ नम्बरको मोटरसाइकल चालक जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ८ सलकपुर बस्ने बर्ष २४ को सौगात शिवा र पछाडी सवार सौगात शिवाको बुवा बर्ष ४६ को दिल कुमार शिवाको शरीरको विभिन्न भागमा समान्य चाेटपटक भएको छ।साथै सामान्य चोटपटक कारणले अरनिको होस्पिटल कार्यरत डाक्टरले डिस्चार्ज दिनु भएका छन् ।

११ प ४८६८ नम्बरको मोटर्साइकल चालक मोरङाे पथरी शनिश्चरे-०९ बस्ने ५०वर्षे गोपाल तामाङको शरीरको विभिन्न भागमा चोट, सोहि अस्पतालमा उपचार भई रहेको र पछाडि सवार बस्ने बर्ष १६ कि संजु सुब्बाको शरीरको विभिन्न भागमा चोट मात्रै भई डिस्चार्ज भएकाे इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी इन्चार्ज देबेन्द्र दासले जान्कारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here