‘स्थानीय तह र संघ अन्तर्गतका कर्मचारीमा विभेद छैन’

0
10

विमल दहाल,
इलाम।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाले स्थानीय तह र संघ अन्तर्गतका कर्मचारीमा कुनै विभेद नरहने स्पष्ट पारेका छन् ।

लोकसेवाबाट आएका कर्मचारी र अन्य प्रक्रियाबाट आएका कर्मचारी सबै निजामति कर्मचारी भएकाले सबै समान रहने उनको भनाइ छ ।

नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति इलाम र राष्ट्रसेवक साकोस इलामको आयोजना तथा नेपाल निजामती कर्मचारी संगठन माई नगर कार्य समिति इलामको समन्वयमा सम्पन्न कर्मचारी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कोइरालाले आगामी चैत्रभित्र निजामति कर्मचारी ऐन आउने र आगामी साउनबाट लागू हुने बताउँदै सबै तहका कर्मचारीलाई कानूनले समान सम्बोधन गर्ने धारणा राखे ।

कोइरालाले नेपाल निजामति कर्मचारी संगठन देशकै उत्कृष्ट संगठन भएको बताउँदै शहीद दिवशमा मात्र दुई हजार पाँच सय जनाले रक्तदान गरेको, भूकम्प पीडितलाई राहत वितरण गर्ने कार्य गरेको लगायतका कार्यको उदाहरण दिएका थिए । स्थानीय तहमा पाँच वर्ष काम गर्ने कर्मचारीलाई योग्यता र क्षमताका आधारमा बढवा र सोही पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाउनेसम्मको कानून बन्नेमा ढुक्क रहन कर्मचारीलाई आग्रह गरेका छन् ।

इलाम जिल्लाका कर्मचारी संगठनमा आबद्ध तीन सय जनाभन्दा बढी कर्मचारी सहभागी रहेको कार्यक्रममा पेशागत महाँसंघ केन्द्रिय अध्यक्ष पुन्यप्रसाद ढकालले २६ वटा संस्थामा आवद्ध पाँच लाखभन्दा बढी सदस्य, श्रमिक रहेको पेशागत मकासंघ रहेको जानकारी दिँदै सबैको भरोसा रहने संगठन महासंघ रहेको दाबी गरे ।

 

कार्यक्रममा माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बू, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष भवानी दहाल लगायतले मन्तव्य राखेका थिए ।

संगठनका जिल्ला अध्यक्ष छविलाल खतिवडाको अध्यक्षता तथा सचिव वीरध्वज लिम्बूको सञ्चालनमा भएको कार्यक्रममा सामान्य प्रशासन मन्त्रालय उपसचिव रुपनारायण खतिवडा, माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्मा, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ केन्द्रिय सदस्य बिमल बरालको सहभागिता रहेको थियो ।

त्यस्तै जिल्ला अध्यक्ष रमन्ता पौड्याल, संगठनका जेबी राई, श्यामकृष्ण धिमिरे, देबेन्द्र ढकाल, पेशागत महासंघ इलाम अध्यक्ष वासुदेव खतिवडा, माइ नगरपालिका पूर्व प्रमुख दिपककुमार थेवे, उपप्रमुख बिष्णुमाया आचार्य, रजनी आचार्य लगायतको सहभागिता रहेको निजामती कर्मचारी संगठन इलाम सदस्य एवम् माई नगरपालिका स्वास्थ्य संयोजक पुष्कर कट्टेलले जानकारी दिए ।

यसैबीच नेपाल निजामति कर्मचारी संगठन माई नगरपालिका नगर कार्यसमिति र पेशागत महासंघ नेपाल माई नगरपालिकाको आयोजनामा केन्द्रिय पदाधिकारीलाई स्वागत गरिएको थियो । महासंघ माईका अध्यक्ष बिभिषण शेर्माको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष पुन्यप्रसाद ढकाल, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, माई नगरपालिका प्रमुख खम्वासिंह लिम्बू लगायतको सहभागिता रहेको थियो । संगठनका जिल्ला सदस्य पुष्कर कट्टेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here