अर्जुनधारा–३ र ९ सेमीफाइनलमा

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारामा जारी दोस्रो यू–१८ वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा अर्जुनधारा–३ र अर्जुनधारा–९ पुग्न सफल भएको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा सोमबार सम्पन्न भएको पहिलो खेलमा अर्जुनधारा–४लाई ०–१ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–३ सेमीफाइनलमा पुग्न सफल भएको हो ।

अर्जुनधारा–३ को जीतको लागि खेलको ३२औं मिनेटमा प्रतिक कन्दङवाले गोल गरेका थिए । उक्त खेलको उत्कृष्ट खेलाडी घोषित गोलकर्ता कन्दङवालाई शनिश्चरे फुटबल क्लबका सल्लाहकार टेकराज तिलिङ सुब्बाले नगद पुरस्कारबाट पुरस्कृत गरेका थिए ।

त्यसैगरी दोस्रो खेलमा अर्जुनधारा–११लाई टाइब्रेकरमा ३–४ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–९ सेमीफाइनलमा पुग्न सफल भएको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । उक्त खेलको उत्कृष्ट खेलाडी घोषित विजयी टिमका गोलरक्षक विजय परियारलाई अर्जुनधारा–११का वडाध्यक्ष खगेन्द्र इङनामले नगद पुरस्कारबाट पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्र्तगत भोलि(मंगलबार)को पहिलो सेमीफाइनल खेल १२ः३० बजे अर्जुनधारा–३ र अर्जुनधारा–१० तथा अन्तिम सेमीफाइनल खेल २ः३० बजे अर्जुनधारा–८ र अर्जुनधारा–९बिच हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here