‘झापा इनर्जी’ को एमाले अध्यक्ष ओलीद्वारा उद्घाटन

0
10

झापा । झापाको शिवसताक्षी नगरपाालिकामा निर्माण गरिएको ‘झापा इनर्जी लिमिलेड’को उद्घाटन भएको छ ।
सौर्य परियोजनाहरूमध्येको ठूलो परियोजनाका रुपमा रहेको झापा इनर्जीको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । झापा इनर्जी लिमिलेडले निर्माण गरेको १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत परियोजनाको हो । परियोजना शिवसताक्षी नगरपालिका–४ मा रहेको छ । सौर्य ऊर्जा विद्युत परियोजना झापाको पहिलो विद्युत उत्पादन गृह हो ।
प्रतिनिधि सभा सदस्य एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैंया रहेको छ । निर्माण सुरु भएको दुई वर्षमा यो परियोजना सम्पन्न भएको हो । परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो ।
परियोजनाबाट वार्षिक १करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुने बताइएको छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्री गर्न सकिन्छ । परियोजनाको खरिद विक्री सम्झौता २५ वर्ष हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here