लामिछाने बन्धुहरु संगठित हुँदै

0
13

विर्तामोड ।  लामिछाने बन्धु समाज झापाले बन्धु संगठित अभियान शुरु गरेको छ । झापाका लामिछाने बन्धुहरु संगठित गर्ने अभियान शुरु गरेर पालिकास्तरीय भेला गर्दै बन्धुहरु संगठित हुन थालेका छन् । बन्धु समाज झापा जिल्ला कार्यसमितिको पहलमा अहिले बन्धु संगठित गर्ने अभियान चलाइएको बताइएको छ ।

एकमहिना अघिबाट औपचारिक रुपमा शुरु गरिएको अभियानले नगरस्तिरीय समिति बनाइरहेको जिल्ला सचिव विमल लामिछानेले जानकारी दिए ।

उनका अनुसार झापाको मेचीनगर, विर्तामोड अर्जुनधारा, शिवसताक्षी र दमकमा समिति बनिसकेको छ भने झापाका अरु पालिकामा पनि बन्धु संगठित हुने क्रम जारी रहेको छ ।

जसअनुसार शनिबार विर्तामोड र अर्जुनधाराका लामिछाने बन्धुहरु संगठित भएका छन् । जिल्ला समितिले विर्तामोडमा आयोजना गरेको भेलाबाट नौ सदस्यीय लामिछाने बन्धु समाज विर्तामोड अर्जुनधारा सम्वन्वय समिति चयन गरेको छ । जसको संयोजक गोपालकृष्ण लामिछाने र सहसंयोजक शेखरचन्द्र लामिछाने रहेका छन् भने सदस्यहरुमा कृष्णप्रसाद लामिछाने, अञ्जु लामिछाने, कमला लामिछाने, प्रेमप्रसाद लामिछाने, गंगाप्रसाद लामिछाने, खगेन्द्र लामिछाने र विष्णुप्रसाद लामिछाने चयन गरिएको छ । भेलाले ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ जसमा संयोजक गोपालप्रसाद लामिछाने रहेका छन् भने सदस्यहरुमा पदमसुन्दर लामिछाने र कृष्णप्रसाद लामिछाने रहेका छन् ।

यसैगरी जिल्लाको शिवसताक्षी नगरपालिकामा बासुदेव लामिछाने संयोजक र मुकुन्द लामिछाने सहसंयोजक रहेको ९ सदस्यीय समिति चयन गरेको छ । समितिको सदस्यहरुमा तुलसीराम लामिछाने, धनकुमारी लामिछाने, रमेशप्रसाद लामिछाने, रुपनारायण लामिछाने, गोबिन्द लामिछाने, धननारायण लामिछाने र सीतादेवी लामिछाने चयन भएका हुन् । भेलाले ३ सदस्य नगर सल्लाहकार समिति समेत ययन गरेको छ । जसको संयोजक कमल लामिछाने र सदस्यहरु केदारनाथ लामिछाने र दिपेन्द्र लामिछाने रहेका छन् ।

समाजले मेचीनगरमा सात सदस्यीय नगरस्तरीय कार्य समिति चयन गरीसकेको छ । जसको इन्चार्ज जिल्ला उपाध्यक्ष घनश्याम लामिछाने र संयोजक तुलसी प्रसाद लामिछाने रहेका छन् भने सदस्यहरुमा तारादेवी लामिछाने, जेसन लामिछाने, मित्रप्रसाद लामिछाने, रेखा लामिछाने, जानुका लामिछाने र भिमप्रसाद लामिछाने रहेका छन् ।

मेचीनगरमा भएको भेलाले ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसको संयोजकमा लोकनाथ लामिछाने, सदस्यहरु केदारनाथ लामिछाने र गंगा लामिछाने चयन गरेको छ । दमक नपामा समाजले यस अघि नै गुरुप्रसाद लामिछाने संयोजक रहेको नौ सदस्यीय समिति गठन गरिसकेको र त्यहाँ अधिवेशनको तयारी भइरहेको जनाइएको छ ।

जिल्लाको योजना अनुसार माघ महिनाभरमा सबै पालिकाहरुमा समिति बनाइसक्ने र संस्थाको आन्तरिक तयारीपछि जिल्ला अधिवेशन गर्ने कार्यतालिका सहित अभियान चलिरहेको जिल्ला सचिव लामिछानेले जानाकारी दिए ।

झापाको कोटिहोम दक्षिणतर्फ लामिछाने बन्धु समाज झापाले गर्ग गोत्रीय लामिछाने बन्धु गर्ग ऋषि आश्रम निर्माणाधिन अवस्थामा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here