हात्तीले पत्रकार आचार्यको ग्वाली भत्कायो

0
8

झापा । जंगली हात्तीले पत्रकार प्रेम आचार्यको ग्वाली घर भत्काएको छ ।
अर्जुनधारा ८ गढी निवासी पत्रकार आचार्यको ग्वाली घर अहिले राति हात्तीले भत्काएको हो । राति ९.३० बजे आएको एकल हात्तीले आफ्नो ग्वाली घरको टाटी भत्काएर भुस , चोकर र नुन खाएको पत्रकार आचार्यले जानकारी दिए । सोही हात्तीले छिमेकी देवी खातीको केरा बगानमा पनि क्षति पुर्याएको छ ।अहिले सो हात्ती केरा बगानमै रहेको बताइएको छ । बहुवन र दहिझोडा वन हुँदै आउने गरेको हात्तीले त्यस क्षेत्रका बासिन्दालाई दुःख दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here