बीऊ बिजन उत्पादन कार्यक्रमका लागि ४० लाखको प्रस्ताव

0
8

झापा । कृषि ज्ञान केन्द्र झापाले बीऊ बिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै उन्नत बीऊ उत्पादनका लागि पूर्वाधार तथा प्रशोधन विकास सहयोगका लागि २० लाख रुपैयाँ र श्रोत बीऊ उत्पादनका लागि पूर्वाधार तथा प्रशोधन विकास सहयोगका लागि २० लाख रुपैयाँको प्रस्ताव माग गरेको हो ।
कार्यालयका निमित्त प्रमुख सागर विष्टले आ.व. २०८०÷८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ‘प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि ‘२०८०’ अनुसार दुई कार्यक्रमका लागि जिल्लाका इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीहरुबाट प्रस्ताव माग गरिएको जानकारी दिए ।
प्रस्ताव अगामी फागुन २ गतेभित्र पेश गर्न सकिने छ । निवेदनका साथमा विभिन्न ९ प्रकारका कागजात पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here