साहित्य चौतारीद्वारा साहित्यका सम्मानित

0
8

झापा । वरिष्ठ साहित्यकारहरुलाई दीर्घ साधना सम्मान गर्दै होटल हिकोला हेरिटेज काँकरभिट्टा शाखाले आफ्नो ५ औ बार्षिकोत्सव सम्पन्न गरेको छ ।

बिर्तामोडस्थित साहित्य चौतारीको सभा हलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार युवराज काफ्ले, मीमलाल सापकोटा, बिमला तुम्खेवा, सविधान सभाका सदस्य भक्त खपाङगी एवं मुत्ति उपाध्याय बराललाई अभिनन्दन गरिएको हो ।

संस्थाका सचिव गौरव श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अग्रजको सम्मानले साहित्य चौतारीलाई शुभ आर्शीवाद मिल्ने बताए ।

उनले अग्रजको अनुभव र युवा जोशको समिश्रणबाट नै नेपाली भाषा संस्कृतिको संरक्षण गर्न सकिने बताए ।
संस्थाका सचिव श्रेष्ठको जन्म दिन परेकाले अग्रज साहित्यकार तथा होटल हिकोला हेरिटेजका कर्मचारीहरुले दोसल्ला र टिका लगाई शुभकामना दिदै प्रेमभाव बाढेका थिए ।

साहित्य चौतारीका संरक्षक एव अध्यक्ष देबीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तकसंगित विद्यालयका विद्यार्थी अन्नत मिश्रले स्वरसंम्रागी अरुणा लामालाई स्मरण गर्दै आफ्नो गायकी प्रस्तुत गरेका थिए ।

सम्मानित व्यतिको तर्फबाट साहित्यकार युवराज काफ्लले भाषा र स्रष्ठा सम्मानमा साहित्य चौतारीको योगदान अतुलनीय रहेका बताए ।

साहित्य चौतारीको रजत जयन्ती अन्तर्गत साङगीतिक एंव काव्यिक समारोहका विचभारतीय गायिका जुनु गौतमले गायन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा मोक्ष खतिवडाले कविता, सप्तक संगित विद्यालयका विद्यार्थीहरु प्रज्वल थापा, मनिसा भट्टराई, आलिया अधिकारीले गीत तथा नुत्यद्वारा मनोरञ्जन प्रदान गरका थिए ।

साहित्यकार हरिनारायण भट्टराईको प्रमुख आतिथ्यता रहको कार्यक्रमलाई चौतारीका प्रेस सल्लाहकार एंव पत्रकार तुलसी निरौलाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा पत्रकार डिएल प्रदान, साहित्य चौतारीका सल्लाहकार एवं आख्यानकार राजेन्द्र संग्रौला, अनिरुद्र ओली,संगितकार रमेश गुरुङ, संरक्षक उर्मिला बिमली श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

गायक तथा संगीकार जीवन अधिकारीले झापाका धेरै साहित्यकार तथा संगीकार सग आफ्नो राम्रो सम्बन्ध रहेको बताउदै नेपालले आफुलाई धेरै माया दिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here