आगलागी पीडितलाई बाह्रदशी जेसीजको सहयोग

0
11

झापा। बाह्रदशी जेसीजले आगलागी पीडित परिवारलाई खाद्यन्य सहयोग गरेको छ । बाह्रदशी गाउँपालिका ७ स्थित विजय राजवंशीकाो परिवारलाई खाद्यन्य सहयोग गरेको हो ।
बाह्रदशी जेसीज २०२४ का अध्यक्ष खगेन्द्र सुवेदीको सभापतित्व तथा वाह्रदशी गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष मित्रराज भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच राजवंशी परिवारलाई खाद्यन्य सहयोग गरिएको थियो । सो कार्यक्रममा बाह्रदशी जेसीजका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, पूर्ब अध्यक्ष पुष्प धमला, राजनीतिकर्मी लक्ष्मण पाठक लगायतको अपस्थिति रहेको थियो ।
बाह्रदशी जेसीजका का. उपाध्यक्ष नविन त्रितालले स्वागत गरेको कार्यक्रमको संयोजक उपाध्यक्ष राजु अधिकारी रहेका थिए ।
कार्यक्रमकाबीच वाह्रदशी जेसीजका निर्वतमान अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा १५ हजार  रुपैयाँ वरावरको खाद्य सामग्री प्रदान गरिएको थियो ।
जेसीजकी कार्यकारिणी उपाध्यक्ष सदिक्षा खडका आस्था वाचन गरेको कार्यक्रम महासचिवसंजय शाहले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here