माई नगरपालिकाले गर्यो फुटबल खेलाडीलाई सम्मान

0
20

विमल दहाल/माई ।

गत शनिबार देउमाई अन्तरपालिका फुटवलको उपाधि हात पारेको माई नगरपालिकाका खेलाडीहरुलाई नगरले एक कार्यक्रमका विच नगद सहित सम्मान गरेकोे छ ।

माई नगर प्रमुख खम्वा सिं लिम्बुले प्रतियोगितामा माई नगरपालिका विजयी बनेपछी खेलमैदानमै सम्मान गर्ने घोषणा गरे अनुसार सोमबार खेलाडीहरूलाई जनही १३ हजारका दरले २ लाख ७३ हजार रुपैया सहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा ३ जना अफिसियल सहित २१ जना रहेका छन । अफिसियल टिम मेनेजर कुमार लिम्बु, कोच राजु लोक्ताम र सल्लाहाकार दल बहादुर मगर सम्मानित हुनुभएको छ । त्यस्तै खेलाडीहरु निशान दनुवार, सुवास नेम्बाङ्ग, सुगम सुब्बा, विकाश बराल, सुदिप मगर, सन्दिप मगर, हरि मगर, विजय साउदेन, महेन्द्र पुलामी, दिलहाङ्ग लिम्बु, दिपेश कुमार राई, याम कुमार श्रेष्ठ, सुजन नेम्बाङ्ग, रोहण योगी, मनबहादुर आले मगर, बचन लिम्बु लगायत रहेका छन । खेलाडीहरुलाई नगद सहित खदा र प्रमाणपत्रले सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

माई नगरपालिका मेयर खम्बा सिं लिम्बुले कुशल व्यवस्थापक र कुशल खेलाडीका कारण माई नगरपालिकालाई खेल क्षेत्रमा चिनाउने कार्य गर्नुभएकोमा खेलाडीहरुलाई धन्यवाद दिनुभयो । मेयर लिम्बुले माई नगरपालिकाको प्रतिष्ठा बढाउने कार्यमा मेहनत गर्नुभएका खेलाडीलाई सम्मान गर्न पाउदा हर्षित भएको बताउनु हुदै माईको इतिहास राख्ने टिमलाई जीवन्त राख्न आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

समाज रुपान्तरणमा खुशी हुने हामी सामाजिक ब्याक्तिहरु खेलाडी मार्फत माईको इज्जत, प्रतिष्ठा र शान बढाएको बताउनु हुदै खेलाडीहरूलाई व्यवसायिक ढंगबाट अगाडि बढ्न आग्रह गर्नुभएको छ । सम्मान कार्यक्रममा उपमेयर हिमा भण्डारी, टिम मेनेजर कुमार लिम्बु लगायतले शुभकामान मन्तब्य राख्नु भएको थियो । नगरका निर्बाचित जनप्रतिनिधि, कर्मचारी, पत्रकार, खेलाडी लगायत २ सय बढीको सम्मान कार्यक्रममा सहभागिता रहेको कार्यक्रमको सञ्चालन शाखा अधिकृत लक्ष्मण भुर्तेलले गर्नुभएको थियो ।

यता नेपाल तामाङ्ग घेदुङ्ग माई नगरले समेत नगद ५ हजार सहित सम्मान गरिएको अध्यक्ष दिल बहादुर गोलेले जानकारी दिनुभयो । त्यस्तै माई–९ निवासी समाजसेबी अनिल तामाङ्गले समेत खेलाडीहरुलाई नगद ५ हजार सहित सम्मान गर्नुभएको थियो । अन्तरपालिका फुटवल प्रतियोगिताको फाईनलमा माई नगरपालिकाले चुलाचुली गाँउपालिकालाई २–१ को अन्तरमा जीत निकाल्दै नगद २ लाख सहित उपाधी हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here